यो मन त मेरो नेपाली हो


एनआरएनए जापानको अध्यक्षमा चलचित्र निर्माता लामिछाने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १२औं राष्ट्रिय महाधिवेशन भर्चुअल मतदानमार्फत सम्पन्न भएको छ। अध्यक्षमा चलचित्र निर्माता सुभाष लामिछाने ७ हजार १ सय ५२ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी सिद्धार्थ श्रेष्ठले ५ हजार १ सय ९३ मत प्राप्त गरे।


लामिछाने सायद २ र लाउरे जस्ता चलचित्रका निर्माता हुन्। उनी जापानमा नेपाली चलचित्र प्रदर्शन र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका कारण जापानबासी नेपालीबीच चिनिएका छन्।निर्वाचन समितिका अनुसार १८ हजार ३ सय १४ मध्ये १२ हजार ३ सय ४५ (६७.४१ प्रतिशत) मत खसे।


वरिष्ठ उपाध्यक्षमा टिकाराम खरेल ६ हजार ४ सय १८ मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी कृष्ण गैरे शर्माले ५ हजार ९ सय २७ मत पाए।क्षेत्रीय उपाध्यक्षमा विष्णुप्रसाद सुबेदी (विश्व) ६ हजार ९ सय ८३ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी हरिप्रसाद कँडेलले ५ हजार ३ सय ६२ मत पाए।


खुला उपाध्यक्षतर्फ मुक्तिराम खनाल (बिनोद) ८ हजार ७ सय २, दिलिप कँडेल ६ हजार ९ सय ४९ र दिपक सुनार ६ हजार १ सय १ मत प्राप्त गर्दै विजयी भए। नारायण सुबेदीले ५ हजार ९ सय २८, दिपेश खत्री (केसी) ले ५ हजार ७ सय ८३ र रुद्र मल्ल (मनोज) ले ३ हजार ५ सय ७२ मत पाए।


महासचिवमा श्यामकुमार श्रेष्ठ (श्याम शितल) ६ हजार ३ सय ८४ मतसहित निर्वाचित भए। उनका प्रतिद्वन्द्वी विश्वास गौतम (खगराज) ले ५ हजार ९ सय ६१ मत पाए।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add