यो मन त मेरो नेपाली हो


 

फिल्म ‘जहाजैमा’ फागुन १ देखि रिलिज हुने

काठमाडौं ,आषाढ २३ 

फिल्म ‘जहाजैमा’को प्रदर्शन मिति तय गरिएको छ । छायांकन सुरु हुनु भन्दा २ महिना अगाडि नै यसको निर्माणपक्षले फागुन १ गतेलाई प्रदर्शन मिति तय गरेको हो ।फिल्मको निर्माणपक्षले आर ।आर फिल्मस्सँग  वितरणको सहकार्य गर्दै फागुनको १ गतेबाट फिल्म रिलिज गर्ने घोषणा गरेको हो । फिल्मलाई आर ।आर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् ।  


कृषा चौलागाइको निर्देशनमा बन्ने यो फिल्ममा अभिमन्यू निरवीको लेखन, पुरुषोत्तम प्रधानको डीओपी रहनेछ ।यो फिल्ममा केदार घिमिरे, सौगात मल्ल, जापानीज नायिका रुजेल इचिमिया फाइनल भइसकेका छन् । अन्य, कलाकारहरु पनि फिल्ममा फाइनल गर्ने चरणमा रहेको निर्माणपक्षले बताएको छ ।

भदौबाट यो फिल्मको छायांकन जापानमा सुरु हुनेछ । हाल फिल्मको प्रि–प्रोडक्सनको काम तिव्र रुपमा अगाडि बढिरहेको छ । उज्ज्वल गुरागाँइको निर्माणमा तयार हुन लागेको फिल्मलाई यूएनए प्रोडक्सनको व्यानरमा बनाउन लागिएको हो ।फिल्मलाई नेपाल, जापन र फिलिपिन्समा खिचिनेछ । फिल्मलाई उत्कृष्ट बनाउन आफूहरुले कुनै कसर बाँकी नराख्ने निर्माणपक्षले बताएको छ ।  

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add