यो मन त मेरो नेपाली हो


 

‘जदौ’ मा मुकुनपछि नीति आबद्ध / कलाकारहरुको राम्रो टिउनअप

काठमाडौं ,आषाढ २२

अन्तरजातिय प्रेमकथामा निर्माण हुने फिल्म ‘जदौ’ को प्रमुख अभिनेत्रीमा नीति शाह अनुबन्धित् भएकी छिन् । नीति र ‘जदौ’ निर्माताबीच शनिबार राजधानीमा सम्झौता भएको हो ।

काजी लिम्बूको लेखन रहेको फिल्मको प्रमुख एक अभिनेतामा यसअघिनै मुकुन भुसाल अनुबन्धित् भइसकेका छन् । सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने फिल्मको सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ,शान्ता तामाङ र नारायण शास्त्री छन् । बुद्धि माझीको निर्माण ब्यबस्थापन रहेको फिल्मको छायांकन भदौ पहिलो साताबाट हुनेछ ।

बाबुल गिरीको संगीत रहेको फिल्म दाङ तथा प्युठान जिल्लाका बिभिन्न स्थानमा खिचिने छ । फिल्मको प्युठान निर्माण ब्यबस्थापक लछुमन भण्डारी छन् । सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले ‘जदौ’ को निर्देशक तथा बाँकी कलाकार,प्राबिधिक बारे केही दिनमै बिस्तृत जानकारी दिइने बताएकी छिन् ।  

गुगल प्लसमा राख्ने

क्या रमाइलो डट कम

क्या रमाइलो डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add