काठमाण्डौ: छायांकन समय देखि नै चर्चामा रहेको फिल्म ‘माइतीघर’ ले आफ्नो प्रचार प्रशारलाई ब्यापकताले गर्न सुरु गरेको छ । अहिले नेपाली चलचित्र नगरीमा प्रदर्शनको लागी तयार भएको नेपाली चलचित्रहरु बिशेष र खास दर्शकमाझ पुराउन निर्माता तथा निर्देशकहरु डिजिटल प्रमोसनमा मात्र ध्यान दिन्छन ,केहि चलेका मिडिया र अनलाईन प्रमोसन र रियालिटी शो मा कलाकार लगेर तालि र सिट्ठीमा रमाउने धेरै छन । बास्तविक दर्शकमाझ चलचित्रको प्रचार प्रशार कसरि गर्ने भनेर धेरै कमै मात्र निर्माता ,निर्देशकले जानेका छन । त्यस्तै मात्रको एक हुन् सफल निर्माता रोहित अधिकारी ।
यो चलचित्र नेपाल संगै अस्ट्रेलियामा पनि एक साथ प्रदर्शनमा आउंदैछ । हिमारो ईन्टरटेन्टमेन्टले अस्ट्रेलिया एकाधिकार लिएको हो । रोहित अधिकारी फिल्मस्को ब्यानरमा मिलन तामाङ निर्देशित यो फिल्ममा केदार घिमिरे (माग्ने बुढा), धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर वाङ्देल, युवराज लामा, पुश्कर गुरूङ, रजनी गुरूङ लगायत कलाकारहरूको अभिनय छ। निर्मातामा रविन शेरचन र धिरज तामाङ छन् भने कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन्।
चन्द्रबहादुर दोङको कथा, रामशरण पाठकको पटकथा र संवाद रहेको फिल्म सुसन प्रजापतिले छायांकन गरेका हुन्। फिल्म ‘माइतीघर’ दसैंको फूलपातीको दिन रिलिज हुनेछ।









0 comments:
Post a Comment