यो मन त मेरो नेपाली हो

चलचित्र निर्देशन गर्दै पाँडे, बालेनको गीत, रियासाको लगानी

काठमाडौं । अर्जुन घिमिरे (पाँडे)ले चलचित्र निर्माणको तयारी गरेका छन् । अर्जुन आफैँले निर्देशन गर्ने भएका छन् । उनले चलचित्रको नाम ‘झरी पछिको इन्द्रेणी’ राखेका छन् । 

अर्जुन आफैँले सिनेमाको कथा लेखेका छन् । चलचित्रमा रमेश उप्रेती, दीपाश्री निरौला, निर्मल शर्मा, प्रियना आचार्य (मुन्नी)लगायत कलाकारको अभिनय रहनेछ । अर्जुन आफैँले पनि अभिनय गर्ने भएका छन् ।चलचित्रमा लगानी रियासा दाहालको रहनेछ । उनी रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलकी श्रीमती हुन् ।

चलचित्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र सुजन चापागाईंको एकएकवटा गीत रहनेछ । चलचित्र साउन १५ बाट छायांकनमा जानेछ । यसअघि ‘लाज शरणम्’मा अर्जुन कार्यकारी निर्माता रहेका थिए भने कुमार कट्टेलले निर्देशन गरेका थिए । ‘लाज शरणम्’ ‘सक्किगोनी’ टिमले बनाएको चलचित्र थियो । तर, यो चलचित्रमा ‘सक्किगोनी’का धेरै कलाकार नहुने बताइएको छ ।


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add