यो मन त मेरो नेपाली हो


 

नवीन पन्तको निर्माणमा "बाकस" निर्माण घोषणा / २०८३ मा दर्शकले हेर्न पाउने

 

काठमाडौं — गुरु पूर्णिमाको पावन अवसर पारेर नयाँ नेपाली फिल्म ‘बाकस’ को घोषणा गरिएको छ। पिके इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा बन्ने यो चलचित्र नवीन पन्तको निर्देशनमा तयार हुने भएको छ। निर्देशक पन्तले कथा लेखन पनि आफैं गरेका छन्।



नेपाली परिवेशको कथामा निर्माण गरिने फिल्म ‘बाकस’ नेपाल र विदेश दुबै स्थानमा छायांकन गरिने तयारीमा रहेको जानाकारी दिए चलचित्रका निर्माण नियण्त्रक भोला सुवेदी (आर्जे प्रणव) ले। 

अहिले फिल्मको स्क्रिप्ट तयार पार्ने काम भइरेहेको र चाँडै नै कलाकार तथा प्राविधिकहरु सहित पत्रकार सम्मेलन गरेर जानकारी दिने वताए निर्माण नियन्त्रक सुबेदीले । 

फिल्ममा गीतकार शंकर अधिकारी घायल र नारायण बस्नेतका गीत रहनेछन्। चलचित्रको पब्लिसिटी डिजाईनर्स भने आईडिएल डिजाईनर्सका सुन्दर श्रेष्ठ रहेकाछन । तिहार लगत्तै फ्लोरमा जाने तयारीमा रहेको यो फिल्म २०८३ सालमा प्रदर्शन गरिने लक्ष्य राखिएको छ।



गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add