काठमाडौं ,आषाढ ०७
नेपाली चलचित्र नगरिमा सबै कथा र भाषा र परिवेशको चलचित्र बने तर ठेट नेपाली भाषाको चलचित्र र नेपाली भाषा बिर्सन हुन्न चाहे बिदेशमा होस चाहे स्वदेशमा भन्ने मुल नारा लिएलो नेपाली भाषाको चल्ने चित्रको दस्ताबेज चलचित्र हो चलचित्र "यो मन त मेरो नेपाली हो" । यहि अशार २७ गते बाट प्रदर्शनमा आउने यस चलचित्रका लागी अमेरिकाबाट निर्देशक तथा कथाकार मित्र प्रधान र चलचित्रकि नायिका आयुशा समाल नेपाल आइपुगेकाछन ।

निर्देशन प्रधानले अमेरिकामा बिभिन्न सहरमा भएको प्रदर्शन र दर्शको राम्रो प्रतिक्रयाबाट आफुलाई हौसला मिलेको र अब यहि असार २७ गतेबाट नेपालमा प्रदर्शनहुदा नेपाली दर्शकको साथ र सहयोग हुने विश्वास गर्नु भयो । प्रधानले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न आफुले चलचित्र निर्माण गरेको हुदा हरेक नेपालीले चलचित्र ‘यो मन त मेरो नेपाली हो’ हेर्नुपर्ने बताउनु भयो ।
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ मा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री”,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता परियार , देवराज राजबन्शी,भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ।
पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् ।
अमेरीकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको यस चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ ।सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स ,कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी , सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ ।
दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको चलचित्रमा संगीत रहेको छ भने दिपक शर्मा , विल्सन विक्रम राई,शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ ।
0 comments:
Post a Comment