यो मन त मेरो नेपाली हो


 

माग्ने बुढाको हातमा फिल्म नै फिल्म /साइन गरे कृषाको ‘जहाजैमा’

काठमाडौँ। निर्देशक कृषा चौलागाइले निर्देशन गर्न लागेको तेस्रो फिल्म ‘जहाजैमा’मा अहिलेका चर्चित कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुवन्धित भएका छन् । आज फिल्मको निर्माण टिमले केदारसँग कागजी संझौता गरेको छ ।


कृषा र केदारले पहिलो पटक फिल्ममा सहकार्य गर्न लागेका हुन् । फिल्ममा केदार अनुवन्धित भएपछि कृषाले भनिन्–‘केदारजी अहिलेको सर्वाधिक रुचाइएको कलाकार हुनुहुन्छ । हाम्रो फिल्ममा उहाँको निकै नै महत्वपूर्ण भूमिका छ । उहाँलाई फिल्ममा भित्राउन पाउँदा निकै नै उत्साहित छौं ।’यो फिल्मको हाल धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ । फिल्मको प्रि–प्रोडक्सनमा साथ दिन यसका निर्माता उज्ज्वल गुरागाँई जापानबाट नेपाल आएका छन् । आज कलाकार केदारसँग उज्ज्वलले कागजी संझौता गरेका हुन् ।


फिल्ममा मल्टिस्टारर कलाकारहरु रहने छन् । अन्य कलाकारहरुसँग पनि कुराकानी अगाडि बढेको तर फाइनल नभई सकेको निर्माणपक्षले बताएको छ ।यो फिल्ममा यसअघि जापानीज नायिका रुजेल इचिमिया फाइनल भइसकेकी छिन् । फिल्मले नेपाल, जापान र फिलिपिन्सको कथा भन्नेछ ।यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन भदौबाट सुरु हुनेछ । फिल्मलाई नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ ।


गुगल प्लसमा राख्ने

क्या रमाइलो डट कम

क्या रमाइलो डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add