यो मन त मेरो नेपाली हो


 

अन्तरजातीय प्रेमकथामा बन्ने चलचित्र ‘जदौ’मा साम्राज्ञीपछि मुकुन फाइनल

 काजी लिम्बुको निर्माण परिकल्पना र लेखनमा तयार हुन लागेको चलचित्र ‘जदौ’मा कलाकार मुकुन भुषाल फाइनल भएका छन् । यसअघि यो चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भइसकेकी छिन् । यो चलचित्रमा मुकुन र साम्राज्ञीको जोडी देखिन लागेको हो या होइन, त्यो भने खुलेको छैन ।

अन्तरजातीय प्रेमकथामा निर्माण हुन लागेको यो चलचित्रका निर्देशक भने अझै फाइनल छैनन् । यो चलचित्रमा निर्देशक नै फाइनल नभएपनि कलाकार भने धमाधम फाइनल भइरहेका छन् ।



यो चलचित्रलाई सिल्भर स्क्रिन र समिश्रण म्युजिकको संयुक्त लगानीमा निर्माण गर्न लागिएको हो । चलचित्रमा रामराजा सुवेदी, ओम चेम्जोङ्ग, शान्ती तामाङ्गको सह–निर्माण रहनेछ । श्याम तामाङको छायांकन रहने चलचित्रमा बाबुल गिरीको संगीत रहनेछ । यो चलचित्र भदौबाट छायांकनमा जाने तयारीमा रहेको सिल्भर स्क्रिनका प्रबन्ध निर्देशक बिमला भण्डारीले जानकारी दिनुभयो ।


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add