यो मन त मेरो नेपाली हो


‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ रबिन्द्र झाको इन्ट्री , बिजय बराल पनि हो त !


गायक एवं संगीतकार टंक बुढाथोकीले आफ्नो हिट गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ शीर्षकमा फिल्म बनाउने भएका छन्। 

 चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ लाई टंक बुढाथोकी निर्माण तथा निर्देशन गर्दैछन् । लक्ष्मी गिरि कार्यकारी निर्माता रहने यस चलचित्रमा बिनय अधिकारी सह निर्माता रहने छन् । सामाजिक कथामा बन्ने यस चलचित्रबाट बाल गायक अशोक दर्जी र एआर बुढाथोकीलाई डेब्यु गर्दैछन् । 

‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बाट नेपाली रजतपटमा नब नायक रमेश बिकको डेब्यु हुदैछ । निर्देशक टंक बुढाथोकीले चलचित्रमा बिकलाई अनुबन्धित गरेको जनाकारी दिए त्यस्तै  बुधवार यसै चलचित्रका लागी कलाकार रबिन्द्र झा लाई पनि अनुबन्धित गरिएको छ  र बुधवार नै कलाकार विजरी बराल सङ्ग पनि भेटघाट गरेको थियो तर बिजय पनि चलचित्रमा छन कि छैनन यसको बारेमा औपचारिक जानकारी भने निर्माण पक्षले दिका छैनन । 

यद्दपी निर्माण पक्ष सङ्ग कुरा गर्दा "हामी पुर्ण टिम तयार भएपछी यस्को जानकारी दिन्छौ ,हामी अझै टिम लाईनअपमा नै छौ" निर्माता तथा निर्देशक  टंक बुढाथोकीले भन्नुभयो । 


टंककै कथा रहेको फिल्मको पटकथा एवं संवाद शिवम अधिकारीले लेखेका छन्। तिहार लगतै छायांकनमा जाने चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ को नायिका लगायत अन्य कलाकारहरु केहि दिनमा फाइनल गर्ने तयारी छ।



गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add