यो मन त मेरो नेपाली हो

चलचित्र ‘कार्साङ’ को गीत सात भन्ज्यांग सार्वजनिक / अडियो र भिडियोमा मौलिकता


भोला सुबेदी (प्रणव)
प्रदर्शनको क्रममा रहेको चलचित्र  ‘कार्साङ’ को गीत सात भन्ज्यांग सार्वजनिक भएको छ । यो  पटक निकै लामो समयपछि हलमा आउँदै गरेका अभिनेता  दयाहाङ राईको यस गीत बाट राम्रै चार्चा पाउने आशा निर्माण पक्षले गरेको छ  । ‘कार्साङ’ पुस २६ गतेबाट देशैभर  प्रदर्शनमा आउदैछ ।


 आम ग्रामीण परिवेशको एक पारिवारिक जिम्मेवार अभिभावकको भूमिकामा दयाहाङ देखिने भएका छन्  यस चलचित्रमा । अभाव र दुःखबीच आफ्नो जातिको संस्कारलाई जोगाउने इमान्दार चरित्रमा उनी देखिनेछन् ।

अभाव र इमान्दार समाजका भुइँ मान्छेहरू कसरी आफ्ना–आफन्त र समाजबाट पाखा लगाइन्छन् भन्ने ‘कार्साङ’ले देखाउने यसको टिजरले देखाइसकेको छ ।



टिजरले भुइँ मान्छेको कथा ‘कार्साङ’ले भन्ने र यो कथा दयाहाङमार्फत् भनिने प्रष्ट पारेको छ । यो चलचित्रले गरिबीमा जीवन बिताइरहेका आम नेपालीको कथा भन्दा दर्शकले शेर्पा समुदायको कल्चर पनि अनुभूत गर्न पाउनेछन् । प्रायः दयाहाङ हाइफाइ र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका कलाकार हुन् । यसपटक पनि उनी शेर्पा समुदायको कथा लिएर दर्शकलाई भेट्न आउँदैछन् । ‘कार्साङ’ यम शेर्पाको डेव्यु निर्देशन हो । ‘कार्साङ’को कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।

चलचित्रमा अभिनेता दयाहाङ राईसँगै सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ । सिर्जना निङलेखुको यो डेब्यु चलचित्र हो । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा पुरुषोत्तम प्रधान छायांकार हुन् । उनी निर्माता पनि हुन् । चलचित्रको सहनिर्माता गोविन्द बोहरा हुन् भने कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन् ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add