यो मन त मेरो नेपाली हो


फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरी सम्पर्कमा

भोला सुबेदी (प्रणव)
काठमाण्डौ

फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरी सम्पर्कमा पुगेको जानकारी प्राप्त भएको छ ।



सोमबार दिउँसोदेखि बाटो भुलेर जङ्गलमा हराइरहेकाको उद्धारको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो । दिउँसोदेखि हराइरहेका छुट्टाछुट्टै दुई समूहका १३ जना फोन सम्पर्कमा रहेको उद्धार भइरहेको उहाँले बताउनुभएको हो ।

“गोदावरी नगरपालिका–३ फुल्चोकीमा हाइकिङका लागि गएका सात जनाको एक समूह अपराह्न साढे तीन बजेदेखि र ६ जनाको अर्को समूह चार बजेदेखि छोटो दूरीको बाटो भन्दै फर्कने क्रममा हराएको थियो । हराएका दुवै टोली सही मार्ग खोज्ने क्रममा एक आपसमा भेट भएका छन् । अहिले उनीहरू प्रहरीसँग सम्पर्कमा छन् ।

उद्धारका लागि हाल प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको छ”, सूचना अधिकारी पौडेलले भन्नुभयो । हराउनेमध्ये १० जना युवा र तीन युवती रहेको उहाँले बताउनुभयो ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add