यो मन त मेरो नेपाली हो


‘फिरफिरे फिरिरी’ नयाँ पोस्टर रिलिज,चलचित्र माघ ४ गतेबाट प्रदर्शनमा आउने


भोला सुबेदी ( प्रणव )
काठमाडौँ। हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। नयाँ पोस्टर संगै चलचित्रको नयाँ मिति सार्वजनिक गरिएको छ। चलचित्र माघ ४ गतेबाट प्रदर्शनमा आउने छ।



बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको फिल्म मनोजकुमार अधिकारीले निर्माण गरेका हुन्। नितिश पुन सह निर्माता रहेका छन्। अधिकारीले यस अघि फिल्म ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ निर्माणसँगै अभिनय पनि गरेका थिए । पछिल्लो समय संसारभर हरर कमेडी फिल्मले राम्रो दर्शकको साथ पाई रहेको बेला अधिकारीले नेपाली हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को निर्माण गरेका हुन्।


फिल्ममा सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको छ । यसै फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्। चलचित्रलाई नविन भट्टले निर्देशन गरेका छन्। उनको यो निर्देशनमा डेब्यु चलचित्र हो।


फिल्ममा मनोज कुमार अधिकारी,सन्दिप श्रेष्ठ, भावना उप्रेती,रबिना केसी,पुष्प अवस्थी,सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ। फिल्ममा जितु तामाङको छायांकन,रोशन दास,प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन,केशव राज भट्टको कोरियोग्राफी,एलिस कार्कीको ब्याकराउण्ड म्युजिक,प्रशान्त सिवाकोटीको संगीत,अमित श्रेष्ठको साउण्ड डिजाइन,अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ। फिल्मलाई देशभर आरआर फिल्म्सले वितरण गर्नेछ। फिल्मको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ।


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add