यो मन त मेरो नेपाली हो


‘२ नम्बर’ मा जोडिए आमिर पनि / एक्सनको फरक स्वादमा ‘२ नम्बर’ बन्ने

काठमाण्डौ ,
गएको तिहारमा लक्ष्मी पुजाको दिनबाट निर्माण घोषणा गरिएको चलचित्र ‘२ नम्बर’  को हाल कथामा काम भैरहेको छ । अभिनेता आयुब केसीको निर्माणमा बन्न लागेको चलचित्र एउटा एक्सन थ्रील जनारामा बन्ने उनले जानकारी दिएका छन। फाल्गुनबाट छायांकनमा जाने चलचित्र ‘२ नम्बर’ मा कलारहरुको बलियो लाईनअपको काम भैरहेको उनले बताए । हामि केहि दिनमा नै पुरा टिम सार्वजनिक गर्नेछौू उनले भने  । चलचित्रका लागी कार्यकारी निर्मातामा आमिर जंग रिजाल रहेका छन । करिब डेढ दर्जन मियुजिक भिडियोमा अभिने गरेका आमिरले यस चलचित्रमा लगानी गर्दैछन । 


ू मलाई यो चलचित्रमा जोडिन लाई कथाले तानेको हो , म अभिनय  गर्छु कि गर्दिन अहिले भन्दिन तर चलचित्र भने उत्कृष्ट बनाउन हाम्रो टिमले कुनै कसुर बाँकी राख्ने छैन ू। उनले भने । 

हाल रिएल स्टेट कम्पनि सी जी इन्टरनेसनल हाउजिंग एण्ड कन्स्ट्रक्सन कम्पनि चलाईरहेका उनले नेपाली चलचित्रहरु चलिरहेको बेला फरक ब्याबसायका  ब्याबसायीहरुलाई पनि नेपाली चलचित्रमा आबद्ध हुन मेरो कदमले पनि साथ् पुग्ने छ ,किनभने मैले सानो पर्दा अर्थात मियुजिक भिडियोमा गरेको अभिनयले पनि मलाई नेपाली कलाकारिताको माँया लाग्छ ू उनले भने । 


ग्याङ्स्टारको कथामा बन्न लागेको सिनेमाको लेखन निर्देशन सङ्गीत सापकोटाको रहने छ ।नेपालको तराई बेल्टमा  छायांकन गरिने यस चलचित्रमा करिब ५ ओटा गीतहरु र आधादर्जन एक्सन रहने जानकारी निर्माण पक्षले दिएको छ ।    २०२५मा  रिलिजमा गरिने  यस चलचित्रमा कलाकार को को रहने भने जानकारी दिएको छैन ।  

 

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add