यो मन त मेरो नेपाली हो


ब्राजिलमा निजी विमान दुर्घटना : पाइलटसहित उनको परिवारका १० जनाको मृत्यु

दक्षिणी ब्राजिलको ग्रामाडो सहरमा भएको निजी विमान दुर्घटनामा एकै परिवारका १० जना सदस्यको मृत्यु भएको छ ।


कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार विमान उडाइरहेका ब्राजिलियन व्यवसायी लुइज क्लाउडियो गालेज्जीसहित उनकी पत्नी, तीन छोरी र परिवारका अन्य सदस्यको मृत्यु भएको हो ।

दुर्घटना हुँदा विमान घरको चिम्नी, एउटा घर र पसलमा समेत क्षति पुगेको छ । स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनामा जमिनमा रहेका १७ जना घाइते भएका छन् । यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । ६१ वर्षीय गालेज्जीले आफ्नो परिवारलाई साउ पाउलोस्थित जुन्डिआईमा घुमाउन लगिरहेका थिए । रियो ग्रान्डे डो सुलका गर्भनर एडवार्डो लिटेले मारिने सबैभन्दा गालेज्जी परिवारकै सदस्य भएको बताए । उनका अनुसार खराब मौसमबिच विमानले उडान भरेको थियो ।

आइतबार बिहान विमान मात्र ३ किलोमिटर उडेपछि मानिसहरू बसोबास भएको क्षेत्रमा खसेको थियो । गालेज्जी कर्पोरेट रिस्ट्रक्चरिङ र क्राइसिस म्यानेजमेन्ट कम्पनी गालेज्जी एन्ड एसासिएडोसका सीईओ थिए ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add