यो मन त मेरो नेपाली हो


गायक तथा मोडल बसन क्षेत्रिले ‘नाई नाई नभन्नु ल” सार्बजनिक


काठमाडौँ । विगत लामाे समय देखि कर्म भुमी अस्ट्रेलिया बनाउदै  आउनु भएका  गायक तथा मोडल बसन क्षेत्रिले ‘नाई नाई नभन्नु ल” बाेलकाे गित सार्बजनिक गरेका छन् ।गायक बसन ग्लोबल कन्सल्ट क्यन्भेरा का संचालक समेत हुन् ।



सोही गितमा मिठाे स्वरका धनी वसन क्षेत्रीलाई एलिना चाैहानले साथ दिएको छ भने कुसम शर्मा (सकम्बरी)र वसन क्षेत्रीको अभिनय रहेकाे छ ।

गीतमा हट देखिएकि कुसुमले वसन क्षेत्री संग राेमान्स गरेकी छिन । संभवत डान्सीङ नम्बरको रुपमा सकम्बरीको यो नै पहिलो मुजिक भिडियो हो।


गीतको शब्द तथा संगीत शिवराज गौतमको रहेको छ भने भिडियो निर्देशन समेत शिवराज गौतम कै रहेको छ । भिडियो को कन्सेप सुमन मोक्तानको रहेको छ भने कोरियो ग्राफरको रुपमा संजिला सुमित्र रहेको छ ।


एरेन्जर/ मिक्सिङमा रुबिन मगरले गर्नु भएको छ भने छायांकन / सम्पादन र कलारिंङ जोन राई ले गर्नु भएको छ । युनिका अछामी, रमिता बलामी अनिता तामाङ,आस्था गुरुङ,पुनम तामाङ,रेकिशा खत्री,अंकित क्षेत्री,पवनजंग रोकाया,प्रितम तामाङ,नामगेल शेर्पा,सुसन तामाङ,लक्ष्मण,लगाएत कलाकारहरु कोरसको रुपमा देख्न सकिन्छ ।



टार्जन लिम्बुले खिचेकाे ड्रोन सटमा कुसुम र वसनको राेमान्सलाई कैद गरेकाे छ ।


उक्त गतिले युटयुबमा राम्रो प्रतिक्रिया पाइरहेको छ । साझा टिभी (saajha Tv) युटयुब च्यानल मार्फत सार्बजनिक गरिएको गीतले पछिलो समय राम्रो प्रतिक्रिया पाउनुको साथै दर्सकको साथ समेत राम्रो पाएको देखिन्छ तारजन लिम्बुले खिचेकाे ड्रोन सट भिडियाेमा कुसुम,वसन र सिवराजकाे राेमान्सलाई कैद गरेकाे छ ।

 

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add