यो मन त मेरो नेपाली हो


राइड सेयरिङको नाममा ठगीधन्दा

 काठमाडौँ । गोरखा घर भएका सुजन आचार्यले आइतबार दिउँसो ठमेलबाट नेपालटार आउँदा इन्ड्राइभमार्फत राइडर सर्च गरे । ठमेल चोकमा बसेर करिब आधा घण्टासम्म उनले राइडर सर्च गरेपनि कसैले पनि एसेप्ट गरेनन् । 


करिब आधा घण्टापछि एक राइडरले एसेप्ट त गरे तर उनले तिहार भएर अफलाइनमा जाने भन्दै मोलमोलाइ सुरु गरे । 

 उनलाई दिदीको घरमा टिका लगाउन जाने पर्ने भएकाले ४०० रुपैयाँ तिरेर बालाजुसम्म आए । जबकि सामान्य अवस्थामा १५० रुपैयाँ हाराहारीमा पर्ने गर्छ । तर, तिहारको मौका छोपेर राइडरहरुले मनपरी असुली गरिरहेको पाइएको छ । 


यो त एक उदाहरणमात्रै हो । तिहारको भाइटीकाको दिन राइड सेयरिङ एप्लिकेसनमार्फत आफूहरूले ठगिएको महसुस गरेको कैयन सेवाग्राहीले बताएका छन् । इन्ड्राइभमा मात्रै नभएर पठाओ, टुटल जस्ता राइड सेयरिङ एप्लिकेसनमार्फत ग्राहकले सहजताका लागि अनलाइनमार्फत अर्डर गरेपनि तिहारको नाममा ठगी गरेको उनीहरूको गुनासो छ ।  

एक सेवाग्राही दीपक लामिछानेले आइतबार दिउँसो आफू राजधानीको नेपालटारबाट वसुन्धरा जाँदा ट्याक्सीले अफलाइनमा मात्रै जान चाहेको बताए । आफूलाई जानै पर्ने भएकाले नेपालटार र वसुन्धरा आउजाउमा १ हजार रुपैयाँ खर्चिनुपरेको उनको गुनासो छ । 

 

पछिल्लो समय यात्रुहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जानका लागि साइड सेयरिङ सजिलो माध्यम बनेको छ । तर, तिहारको समयमा यातायात पनि धेरै नचल्ने मौकामा राइडरहरुले अनेक बहानामा ठगी गर्दा सम्बन्धित निकाय भने मौन छ । यस्तो अवस्थामा अनलाइनमा एसेप्ट नै नगरिदिने र गरिहाले पनि अनेक बहानामा मोलमोलाइ गरेर ठग्ने गरेको उनीहरूको भनाइ छ । 


यसबारे बुझ्दा पठाओ नेपालले भने आफूहरूको सिस्टममार्फत कुनै ठगी नहुने प्रतिक्रिया दिएको छ । ‘कसैले ठगी गरेको छ या तोकिएको भन्दा बढी भाडा लिएको छ भने तत्काल फलोअप हुन्छ’, रातोपाटीको सम्पर्कमा आएकी एक कर्मचारीले भनिन्, ‘आज त्यस्तो कुनै गुनासो रेकर्ड भएको छैन । आएमा फलोअप हुन्छ ।’

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add