यो मन त मेरो नेपाली हो


चलचित्र ‘तेल भिसा’को ट्रेलर सार्वजनिक / ट्रेलरले नै दर्शकको मन बिझाउने पक्का

काठमाडौं : शंकर घिमिरेको निर्देशनमा तयार भएको सिनेमा ‘तेल भिसा’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै सिनेमाको ३ मिनेट ३८ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । सुत्केरी बुहारी स्याहार्न नेपालदेखि अमेरिका पुगेकी एक सासूको कथा बोलेको ट्रेलर मर्मस्पर्शी देखिएको छ ।

सिनेमामा अभिनेता विपिन कार्की दोहोरो भूमिकामा देखिएका छन् भने सिनेमामा बिपिनको अलावा वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ्ग, फ्रान्सिस शेरमन, ज्याक बेल, सुचित्रा उप्रेती र अनिल पाण्डे लगायतको अभिनय रहेको छ। वेलडन क्रिएसनले निर्माण गरेको सिनेमाको प्रस्तुतकर्ता ऋचा घिमिरे र निर्माताको रुपमा अनिल पाण्डे र शिवराज कार्की रहेका छन् । सिनेमा यहि मङ्सिर ७ गते बाट अल नेपाल रिलिज हुँदैछ ।



गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add