यो मन त मेरो नेपाली हो


सिनेमा ‘तेल भिसा’ को डविङ सुरु / विपिन कार्कीको मुख्य भुमिकामा



 काठमाडौँ। अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको सिनेमा ‘तेल भिसा’को डविङ सुरु गरेका छन् । अबको केही दिनमा सिनेमाको सकिने अभिनेता कार्कीले बताए । निर्देशक शंकर घिमिरेले सिनेमाको अमेरिका छायांकन सिंक साउण्ड गरिएकाले नेपाल भागको मात्र डविङ गरिएको बताए । 

यसका साथै ‘तेल भिसा’ नामलाई व्यंग्यात्मक रुपमा उच्चारण गरिने हुँदा त्यसरी नै प्रस्तुत गरिएको हो ? भन्ने प्रश्नमा निर्देशक घिमिरेले हाम्रो सिनेमाले विदेशमा बस्ने हरेक नेपालीको इमोसन जोडिएकाले त्यो कुरालाई सुक्ष्म रुपमा अध्यन गरेर प्रस्तुत गरिएको उल्लेख गरे । अभिनेता कार्कीले पनि सिनेमा डविङ गरिरहँदा निकै मज्जा आइरहेको बताए । सिनेमाको कथा नै उत्कृष्ट रहेकाले पनि दर्शकल एउटा राम्रो सिनेमा हर्न पाउने दाबी गरेका छन् । निर्देशक घिमिरेका यसअघिका सिनेमा आफुले नहेरे पनि लामो समयपछि कमव्याक गरेपनि उत्कृष्ट काम गरेको अनुभव सुनाए । 


 यसअघि आफुले विदेशमा छायांकन गरिने सिनेमा लुकेर खिचिने सुनेको भएपनि ‘तेल भिसा’ पूर्ण रुपमा अमेरिकन सरकारसंग अनुमति लिएर सुटिङ गरिएकाले नेपालमा छायांकन गर्दाको भन्दा फरक अनुभव गर्नु नपरेको विपिनले बताए । यसका साथै करिब २० वर्षपछि नेपाली सिनेमामा कमव्याक गर्न लागेकी अभिनेत्री पुजा चन्दसँग काम गर्न पाएकोमा खुशी देखिए । निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा अभिनेता विपिन कार्कीको बृद्ध र जवानगरी दोहोरो भुमिका हेर्न पाइनेछ । सिनेमामा विपिनसँगै वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ ।

 वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add