मध्यमवर्गीय परिवारको कथामा फिल्म 'सानो संसार' निर्माण भएको छ। अर्जुन कुमारको निर्माण रहेको फिल्मको ट्रेलरले यतिबेला सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
केही दिनअघि सार्वजनिक ट्रेलरमा मध्यमवर्गीय परिवारको सुख, दुःख, संघर्षको कथालाई देखाइएको छ। सन्तानको विदेश मोह, सन्तानलाई विदेश पठाउन अभिभावकले गरेको संघर्ष लगायतलाई ट्रेलरमा मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको छ। यो चलचित्रको एक गीतले पनि बजारमा राम्रै चर्चा पाएको छ ।।।
निर्माता अर्जुन कुमार ट्रेलरलाई लिएर दर्शकबाट पाएको प्रतिक्रियाले उत्साहित बनाएको बताउँछन्।
उनले भने, 'हाम्रो परिवारको जीवनसँग मेल खाने फिल्म रहेछ भन्ने खालका प्रतिक्रियाहरू छन्। मध्यमवर्गीय परिवारको कथामा फिल्म नबनिरहेको समयमा आउन लागेको फिल्मलाई दर्शकले रूचाउनुहुनेछ भन्ने विश्वास छ।'
सिद्धार्थ पुडासैनी निर्देशित फिल्ममा अञ्जसा रिजाल, अनु दाहाल, राज पँगेनी शर्मा, सीतादेवी तिमल्सेना, जीवन गौतम, सरिता भण्डारी, शिशिर शिवाकोटीको अभिनय छ।
सरिष्मा खत्री र सिद्धार्थ पुडासैनीले फिल्मको कथा लेखेका हुन्।
यसअघि चपली हाइट, फाटेको जुत्ता, द युगदेखि युगसम्मजस्ता चर्चित फिल्म बनाएका अर्जुन कुमारले नव कलाकारलाई लिएर यो फिल्म बनाएका हुन्। यसमा चर्चित फिल्म ‘लुट’ का निर्माता माधव वाग्ले कार्यकारी निर्माताका रूपमा छन्।
राजधानी मिडिया र प्रिन्सेस मुभिजको ब्यानरमा फिल्म बनेको हो। फिल्म असोज ११ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउनेछ।
चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
0 comments:
Post a Comment