रमित ढुंगाना फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र " नमेटिने घाउ " एउटा सामाजिक कथामा बनेको चलचित्र हो यो चलचित्र भाद्र ७ गते बाट प्रदर्शनमा आयो तर चलचित्रले ब्याबसायिक सफलताको स्वाद चाख्न भने पाएन। चलचित्रका लागी निर्माता एबम निर्देशक रमित ढुंगानाले चलचित्र बनाउदा ताका नै भनेका थिए यो चलचित्र सामाजिक चलचित्र हो ब्याबसायिक चलचित्र हैन तर पनि यो चलचित्र प्रदर्शनमा आए पश्चात राजनीतिक चलचित्रको ट्याग दिनाले अहिले परस्थितिले चलचित्रलाई बाईकट गर्नाले चलचित्रको व्यापारमा असफलता पाएको निर्माता रमित ढुंगाना बताउछन।
उनि थप्छन " मैले एसिड आक्रमणमा परेका भिक्टिमहरु संग अनुमति नै लिएर उनीहरुको बायोग्राफीमा फिल्मी लिबर्टी लिएर चलचित्र बनाए जसमा तत्कालिन समयका राजनीतिक नेताहरुले पनि आफ्नो अभिव्यक्ति दिएका थिए सोहि अनुसार मैले चलचित्रमा वाहहरुलाई स्थान दिए तर राजनीति र राजानितिकर्मीहरु प्रतिको वितिष्णा र उनीहरु प्रतिको उदासिनताले गर्दा मेरो चलचित्र बाईकट हुन पुग्यो , मलाई त्यो मानेमा दुख छैन तर मैले घटना नहोस भनेर एउटा कलाकार भएको नाताले चलचित्रको माध्यमबाट समाजमा संदेश दिन खोजेको थिए तर अहिलेको परिस्थितिले त्यो काममा सफल हुन पाईन यो मानेमा मात्र म दुखि छु तर जसले जसले चलचित्र हेर्नुभयो सबैले चलचित्रलाई मन पराउनु भएको छ र मलाई सहानुभूति भने दिनुभएको छ म खुसि छु"। यस अघि पनि मैले "बुद्ध बन इन नेपाल " नामक चलचित्र बनाए भगवान गौतम बुद्ध नेपाल मै जन्मका हुन् भनेर मैले बिस्वको कुना कुनामा चलचित्र देखाएर मैले सबैबाट राम्रो तारिफ र साथ पनि पाए तर यो पटक भने म बाईकटको सिकार भए।
अहिले सामजिक संजाल यूटुब ,टिकटक , र फेसबुकमा चलचित्रलाई लिएर राम्रो प्रतिक्रिया पाईरहेको छ। सबैले राम्रो चलचित्र र राम्रा निर्माता लाई नेताले डुबायो भन्दै कमेन्टहरु आईरहेकाछन।








0 comments:
Post a Comment