यो मन त मेरो नेपाली हो


थारू महिलाको जितिया सुरु

 

थारू महिलाको जितिया सुरु

तराईका आदिवासी थारू समुदायका महिलाको प्रमुख पर्व जितिया आजदेखि सुरु भएको छ । सन्तानको दीर्घायु, सुख समृद्धिको मनोकामना गर्दै मनाइने यस पर्वमा थारु महिलालगायत अन्य समुदायले आज नदी, तलाउमा नुहाएर जितमहानको पूजा गरी जितिया सुरु गरेका हुन्। योसँगै तराईका गाउँघरमा जितियाको रौनक छाएको छ ।


 जितियामा छोरी, चेली दिदीबहिनीहरू माइतमा आएका छन् । माइत आउन नसक्‍नेहरूले घरमै जितियाको व्रत प्रारम्भ गरेका छन् । थारू महिला समाज उपत्यका समितिका अध्यक्ष सुशीला चौधरीले सन्तानको दीर्घायु, सुख समृद्धिका लागि जितियाको व्रत लिने गरेको बताउनुभयो । मुख्यतः पूर्वमा झापादेखि पश्चिमी नवलपरासीसम्मका थारू महिलाले धुमधामका साथ जितिया पर्व मनाउँछन् ।

काठमाडौँ उपत्यकामा बसोबास गर्ने थारु महिलाले २०६१ सालदेखि जितिया पर्वलाई राष्ट्रिय महोत्सवको रुपमा मनाउँदै आएको थारू महिला समाजकी केन्द्रीय अध्यक्ष गीता चौधरीले बताउनुभयो ।


 कसरी मनाइन्छ जितिया ?
वर्तालु महिलाले पहिलो दिन स्थानीय जलाशयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना (खैर) र माटो चढाउने गर्छन् । पर्वको दोस्रो दिन अर्थात् अष्टमीका दिन व्रतालु महिला निराहार उपवास बस्ने गर्छन् । उपवासका दिन महिला गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन छ। जितियाको अन्तिम तथा पारन (समापन) को दिन व्रतालु महिला पुनः नदी, पोखरी तथा जलाशयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र स्थानमा दही तथा सखरको प्रसाद बनाई चढाउने चलन छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add