यो मन त मेरो नेपाली हो


फिल्म ‘ज्वाइँ साब’ को क्लाइमेक्स दृश्य लिक

काठमाडौं ,असोज ९ यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’ यतिबेला चर्चामा छ । पोस्टर, टिजर र गीत ‘कसम बत्तीको’को चर्चा चुलिरहँदा फिल्मको क्लाइमेक्सको दृश्य बाहिरिएको छ । सार्वजनिक दृश्य त्रिभूवन विमानस्थलको रहेको छ । जहाँ फिल्मका प्रमुख कलाकार जितु नेपाल बरखी बारेको सेतो पहिरनमा हातमा बच्चा बोकेर हिँड्दै गरेको देखिएका छन् ।

उनले निलो ब्याग, पासपोर्ट पनि बोकेका छन् । उनको पछाडि फिल्मकी नायिका निती शाह खादा र नेपालको झण्डा बोकेर भावुक मुद्रामा उभिएकी छन् । भिडियोमा जितुलाई बिदाई गरेर निती हिँडेको देख्न सकिन्छ । दृश्य निकै मर्मस्पर्शी छ । यो दृश्यले विमानस्थलमा आफन्तको बिदाईमा उपस्थित मानिसहरुको प्रतिनिधित्व गरेको छ ।भिडियोमा फिल्मका निर्देशक वसन्त निरौला क्यामरा विभागको टिमसँग देखिएका छन् । 

दृश्य हेर्दा जितु वैदेशिक रोजगारीका लागि नेपाल छोड्न लागेको बुझ्न सकिन्छ । तर उनले के कारणले नेपाल छोडे भन्ने प्रष्ट खुलिसकेको छैन । त्यो थाहा पाउन फूलपाती नै कुर्नुपर्ने हुन्छ । राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा हिमेश पन्त, बुद्धि तामाङ, प्रकाश घिमिरे, रमेश बुढाथोकी, शिशिर वाङ्देल, दीपक आचार्य ‘काकु’लगायतको पनि अभिनय छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add