यो मन त मेरो नेपाली हो


समाज रूपान्तरणमा चलचित्र क्षेत्रको अतुलनीय योगदान रहेको छ: मन्त्री गुरुङ



 काठमाडौं ,असोज ४ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रूपान्तरणमा चलचित्र क्षेत्रको अतुलनीय योगदान रहेको बताउनुभएको छ । संविधान दिवसको सन्दर्भमा चलचित्र विकास बोर्डद्वारा आज आयोजित “सांस्कृतिक रूपान्तरण पुरस्कार २०८१” कार्यक्रममा बोल्नुहुँदै मन्त्री गुरुङले चलचित्रको उत्थान गर्न मन्त्रालयले भरपुर सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । “अप्रत्यक्ष रुपमा समाज रुपान्तरणका लागि अहम भूमिका खेल्ने प्रभावकारी माध्यम चलचित्र हो । 


मन्त्रालय यस क्षेत्रको उन्नतिमा सकारात्मक छ”, उहाँले भन्नुभयो । उहाँले यो वर्ष चलचित्र विकास बोर्डको नीति परिमार्जन गर्ने बताउँदै आवश्यक सुझावको अपेक्षा गर्नुभयो । कार्यक्रममा चलचित्र विकास बोर्डले नेपाली चलचित्र “बलिदान” लाई यो वर्षको सांस्कृतिक रूपान्तरण पुरस्कार २०८१ ले सम्मान गरेको छ । नेपाली चलचित्र इतिहासको एक उत्कृष्ट एवं कालजयी चलचित्रमार्फत राष्ट्रियता, सामाजिक न्याय, अभिव्यक्ति स्वतन्त्रता, मानवीय गरिमा र मूल्यको प्रवर्द्धन तथा समाजमा वैचारिक एवं भावनात्मक जागरण अभिवृद्धि गरी सांस्कृतिक रूपान्तरणमा योगदान गर्ने चलचित्रलाई वर्षेनी सम्मान गरिने बोर्डले निर्णय गरेको हो । 



 यसै चलचित्रमार्फत सांस्कृतिक रूपान्तरणमा योगदान पुर्‍याउनु भएका पाँच कलाकारलाई पुरस्कार प्रदान गरिएको छ । बलिदानका निर्देशक तुलसी घिमिरे, अभिनेता नीर शाह, सङ्गीतकार श्याम तमोट, गायिका लोचन भट्टराई पुरस्कृत हुनुभएको हो । कार्यक्रममा अन्य चलचित्रमार्फत समाज रुपान्तरणका लागि योगदान पुर्‍याउनु भएका कलाकार रमेश रञ्जन झा, कविता आले, देशभक्त खनाल, ऋद्धिचरण श्रेष्ठ, माओत्से गुरुङ, विकास चौधरी, प्रेमा अधिकारी गैरेलाई पुरस्कृत गरिएको छ । 



 कलाकार हरिवंश आचार्यले चलचित्र फेरिए जस्तै सरकारको सत्ता फेरबदल नगरेर विकास निर्माणमा केन्द्रित भइदिन आग्रह गर्नुभयो । कार्यक्रममा सञ्चारमन्त्री गुरुङ र सचिव अर्यालले पुरस्कृत सम्पूर्णलाई जनही रु २५ हजार नगद र ताम्र पत्रसहित सम्मान गर्नुभएको थियो ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add