यो मन त मेरो नेपाली हो


बनबास" सार्वजनिक हुँदै । समिर खान र शिल्पाको जिवन्त अभिनय

 


"बनबास" सार्वजनिक । समिर खान र शिल्पाको जिवन्त अभिनय 






नेपाली साङ्गीतिक बजारमा अर्को एउटा नयाँ र फरक स्वादको " बनबास" बोलको गीत आज ४ बजे समीर खान युटुब च्यानल बाट सार्वजनिक हुने भएको छ । रोशन बिस्वकर्माको शब्द रचना र सुबाश कार्की ( कार्की जि )को संगीतमा  तयार भएको " बनबास" मा  आवाज भने बादल थापाको रहेको छ । सयौंको संख्यामा गीत लेखिसकेका गीतकार बिस्वकर्माको यो गीत अझै मार्मिक कोरेको उनी बताउछन ।बनबास सबैले भोगेको कथा जस्तै गीत मैले तयार गरेको छु" उनले भने ।। 



निशान एस के को भिडियो निर्देशनमा तयार भएको यश गीतमा अभिनेत्री शिल्पा पोखरेल र अभिनेता समीर खानलाई फिचर्ड गरिएको साथमा कलाकार साजन कार्की , मोहन कार्की र आर्यन चुडाललाई पनि गेस्ट फ्रेम ईन गराईएको छ । 

फिल्मी शैलीमा तयार गरिएको यश गीतको म्युजिक भिडियोलाई दिपक गीरीले खिचेका हुन । काठ्माण्डौ र भक्तपुरको रमणिया स्थानहरुमा  छायांकन गरिएको छ । समिर खान युटुब च्यानलबाट सार्वजनिक गरिएको यस गीतलाई लिएर  अभिनेता समीर खान र नायिका शिल्पा पोखरेल उत्साही रहेको बताउछन । यो गीतको शब्दले सब्बैको मनमा पेच त पार्छ नै भिडियो नि त्यस्तै बनेको छ । हेरेर  सुनेर प्रतिक्रिया दिनुहोला । गीतको टिजर भने  अहिले नै टिक टकमा र फेसबुक रिल्जमा भाईरल जस्तै भएको छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add