कोभिड : नेपालमा पहिलो पटक भेटियो ओमिक्रोनको नयाँ सब-भेरियन्ट 'जेएन.१'
सम्बन्धित निकायलाई आवश्यक तयारीमा जुट्न मन्त्रालयको अनुरोध
काठमाडौँ : कोभिड-१९ संक्रमण ओमिक्रोनको नयाँ सब-भेरियन्ट 'जेएन.१' नेपालमा पहिलो पटक पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी जिनोम सिक्वेन्सिङ प्रविधिबाट गरिएको परीक्षणमा 'जेएन.१' पुष्टि भएको जनाएको छ।
देशका विभिन्न भागका विभिन्न उमेर समूहका व्यक्तिबाट सङ्कलित १६ वटा पीसीआर तथा एन्टिजेन पोजेटिभ नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुस २२ मा जिनोम सिक्वेन्सिङ प्रविधिबाट परीक्षण गरेको थियो। सो परीक्षणमा ७ वटा नमूनामा ओमिक्रोनको सब-भेरियन्ट 'जेएन.१' पहिलो पटक पुष्टि भएको हो।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हाल विश्वका केही देशहरुमा कोभिड-१९ सङ्क्रमण ओमिक्रोनको नयाँ सब-भेरियन्ट जेएन.१ को जोखिम बढिरहेको छ। छिमेकी देशहरुमा पनि सङ्क्रमण फैलिरहेका बेला नेपालमा पनि पुष्टि भएको हो।
कोभिड संक्रमण बढ्दो क्रममा रहेकाले नागरिकलाई सावधानी अपनाउन र सम्बन्धित निकायलाई आवश्यक तयारीमा जुट्नसमेत मन्त्रालयले अनुरोध गरेको छ ।









0 comments:
Post a Comment