यो मन त मेरो नेपाली हो


मिरुना र दया प्रेममा

  मिरुना र दया प्रेममा  / ‘रङ्गेली’का दुई पोस्टर सार्वजनिक

काठमाडौँ। अभिनयमा पोख्त कलाकारहरू दयाहाङ राई, अर्पण थापा र मिरुना मगरलाई प्रस्तुत गर्दै नेपाली चलचित्र ‘रङ्गेली’का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । एक पोस्टरमा अभिनेता द्वय दयाहाङ र अर्पणलाई आमने सामने बनाइएको छ भने अर्को पोस्टरमा दयाहाङ र मिरुनाको प्रेम झल्काइएको छ । यसअघि प्रवीण खतिवडासहित राई, थापा र मगरका पात्र अनुसारका पोस्टर सार्वजनिक गरिसकिएको छ ।


आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने यस चलचित्रको यसै साता टिजर सार्वजनिक गर्ने तयारी रहेको निर्देशक अर्जुन सुवेदीले बताए । सुवेदीकै लेखन रहेको ‘रङ्गेली’मा अर्पण, दयाहाङ, मिरुना, प्रवीण, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।


चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।


अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ ।


जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ले ‘रङ्गेली’ रिलिज गर्दैछन् । ओएसआर डिजिटल चलचित्रको डिजिटल वितरक हो ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add