यो मन त मेरो नेपाली हो


l'लाउरे एण्ड दाउरे'मा विजय बराल अनुबन्धित


अभिनेता विल्सन विक्रम राईको डेव्यु निर्देशकिय फिल्म 'लाउरे एण्ड दाउरे'मा कलाकार विजय बराल पनि अनुबन्धित भएका छन् ।
 
निर्माण टिमले बुधबार उनीसँगको सम्झौता र अर्को एउटा विजयको फरक लुक्सको तस्वीर सार्वजनिक गर्दै फिल्ममा उनी फाइनल भएको जानकारी दिएको हो । विल्सनका अनुसार विजय यो फिल्ममा अहिलेसम्मकै फरक भुमिकामा देखिने छन् । उनी लाहुरेको भुमिका रहने वा दाउरेको भनने केही खुलाइएको छैन् ।Published from Blogger Prime Android App

फिल्मको मुख्य भुमिकामा उनले यसअधि नै मुख्य भुमिकामा अभिनेता दयाहाङ राई र बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् । विजयको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप पनि बलियो बन्दै गैरहेको छ । फिल्ममा अभिनय गर्ने मुख्य अभिनेत्री अन्य कलाकारको केही समयमा टुङगो लाग्ने निर्माण टिमले जानकारी दिएको छ ।

विल्सनकै निर्माण कम्पनी तक्मे प्रोडक्सनले फिल्म बनाउन लागेको हो । कमेडी र लभस्टोरीको कथावस्तुमा निर्माण हुन लागेको फिल्मको लेखन विल्सन स्वयमले गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय फिल्म हुनेछ ।

यसअघि केही प्रोजेक्ट बनाउन अन्य ब्यानरसँग सहकार्य गरेको तक्मे प्रोडक्सनले ‘लाहुरे एण्ड दाउरे’को निर्माण भने एक्लै गर्नेछ । फिल्मको निर्मातामा सरिना लामा छिन् ।  फिल्मको संगीत अनमोल गुरुङले गर्नेछन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add