यो मन त मेरो नेपाली हो


२६ वर्षीय विसन मानन्धरको अपराधको नौलो शैली : केकमै गाँजा मिसाएर कारोबार !

काठमाडौं । लागु औषधका अन्तर्राष्ट्रिय कारोबारीले अनेक रुट प्रयोग गरेर र विभिन्न उपाय अपनाएर आफ्नो धन्दा चलाइरहेका हुन्छन् । त्यस्ता कारोबारी नेपालमा विभिन्न समयमा पक्राउ परिसकेका छन् । तर प्रहरीले यसपटक एक यस्ता कारोबारी पक्राउ गरेको छ, जसले कुनै ठूलो गिरोहको सहयोगमा होइन, एक्लै घर-घरमा लागु औषध पुर्‍याउने जुक्ति लगाए । 


काठमाडौंको घट्टेकुलो बस्ने २६ वर्षीय विसन मानन्धरले घरमै गाँजाको केक बनाउँथे र अनलाइनमार्फत् किशोरकिशोरीसम्म पुर्‍याउने गर्थे । आखिर कसरी गर्थे उनले गाँजाको केकको कारोबार ? 


यो हो प्लास्टिकको प्याकेटमा प्याक गरिएको मफिन केक । उत्पादकमा नाम लेखिएको छ बामबुङ नेपाल । तर, यो बजारमा सबैतिर पाइँदैन । किन कि यो लागु औषध गाँजाले बनेको केक हो ।घट्टेकुलोका २६ वर्षीय विसन मानन्धरले घरमै केक बनाउन सबै सामान जुटाएका छन् । यो, केक बनाउन चाहिने मैदाको पिठो । यो चकलेट पाउडर । चोको चिप्स, चकलेट माल्ड, चिनी र चक । योचाहिँ केक बनाउन चाहिने ट्रे र पकाउने ओभन । तर यी चिजबाट सर्वसाधारणले खाने केक बनाउँदैनन् विसन । उनले गाँजा हालेर बनाएको केकका ग्राहक युवायुवती हुन् । उनले गाँजालाई धुलो बनाएर केकमा राखी बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

ब्याबोङ नेपाल नाम दिएर विसनले इन्ष्टाग्राममा एउटा पेज खालेका छन् । त्यो पेजको सदस्य हुनेले मात्रै गाँजा राखिएको केक अडर गर्न सक्छन् । अहिलेसम्म ६ सय १४ जनामात्र फलोअर्स भएको यो पेजमा आएको अर्डर अनुसार उनले इनड्राइभमार्फत् ग्राहकसम्म गाँजाको केक पुर्‍याउने गरेका हुन् । एक प्याकेटमा चार वटासम्म हुने यस्तो केकको मूल्य १७ सय लिने गरेको प्रहरीले जनाएको छ ।

गाँजाको केक होस्टलमा बस्ने विद्यार्थी तथा किशोरकिशोरीहरूले सबैभन्दा धेरै अर्डर गर्ने गरेका छन्, यस्तो कारोबार विसनले चार वर्षअघिदेखि नै चलाउँदै आएको देखिएको छ । हेर्दा सामान्य केकजस्तो देखिए पनि लागु औषध दुर्व्यसनीका लागि यो जोखिमपूर्ण हुने प्रहरीको निष्कर्ष छ, जुन लागु औषध अपराधमा अहिलेसम्मकै नौलो शैली भएको प्रहरीले जनाएको छ ।

लागु औषध कारोबारीले यस्ता फरक शैली अपनाउनेतर्फ सुरक्षा निकाय सजग त हुनै पर्छ । आफ्ना बालबालिकालाई लागु औषधको लतबाट जोगाउन अभिभावक पनि सचेत हुने कि ?

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add