काठमाडौँ। यस बर्षको ब्युटीसियन नेपाल शनिवार राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न भएको छ । हिमालयन मुभिज द्वारा आयोजित सो कार्यक्रममा झापा दमककी माया गजमेरले बिजेताको ताज पहिरिन सफल भएकी छन्। त्यस्तै गरी फस्ट रनरअपमा शान लिम्बु तथा सेकेन्ड रनरअपमा प्रतिसा कटुवालले आफ्नो उपाधी सुरक्षित गरेकी छिन् । ब्यूटिसियन नेपाल नेपाली सौन्दर्यकर्मीहरुको राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगीता हो ।
कार्यक्रममा सिप सम्बन्धि विविध विधा तथा अन्य विधागत तर्फ सबटाइटलहरु पनि वितरण गरिएको थियो। सबटाइटल तर्फ बिजेता माया गजमेरले मोस्ट स्मार्ट, फस्ट रनरअप शान लिम्बुले बेस्ट नेल आर्ट र सेकेन्ड रनरअप प्रतिसा कटुवालले मोस्ट चार्मिंगका साथै मोस्ट पपुलर अवार्ड जितेकी छिन् । साथै बेस्ट ब्राइडल शान लिम्बु , उषा कुमारी बेस्ट जुरो विनर, सन्जना कर्माचार्य वेस्ट मेहन्दी आर्ट विनर, गीतान्जली गौतम बेस्ट फोटोजेनिक र बेस्ट मोडल मेक अप विनर, मन्जु आङदेम्वे मोस्ट एट्राक्टिभ, संगम बज्ज्राचार्य मोस्ट कन्फिडेन्ट, मन्जु लिम्बु बेस्ट पर्सनालिटी, उषा रिमाल बेस्ट डिसीप्लीन, सिमा थिङ मोस्ट डिलिजेंट, महालक्ष्मी दर्लामी मोस्ट इनर्जेटिक, बिमला श्रेष्ठ मोस्ट प्लिजेन्ट र पब्लिक चोइस भिडियो अवार्ड तर्फ स्मिता उप्रेती रहेकी छिन् । कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफी रहेको सो कार्यक्रममा वरिष्ठ सौन्दर्यकर्मी कमला श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो।
facebook sharing button Sharetwitter sharing button Tweetpinterest sharing button Pinmessenger sharing button Share
0 comments:
Post a Comment