यो मन त मेरो नेपाली हो


चलचित्र "A" को अडिसन फागुन २ मा नयाँ कलाकार लाई स्वागत

निर्देशक भोमन कटुवालको निर्देशनमा बन्न लागेको चलचित्र "A" को लागि कलाकारको खोजी गरिने भएको छ । यस चलचित्रको लागी चालचित्र चौतारीले अडिसनको जिम्मा लिएको छ । यहि फागुन २ गते  चलचित्र विकास कम्पनी लि । बनस्थलीमा चलचित्र "A" को अडिसनमा चलचित्रमा आफ्नो अभिनय देखाउन चाहनेले आबेदन दिन सक्ने अडिसनको जिम्मा लिएको चलचित्र चौतारीले जानकारी दिएको छ । 
 चलचित्रका लागि चार जना चरित्र अभिनेता र दुई जना चरित्र अभिनेत्री गरी जम्मा ६ जना कलाकारको अडिसन हुने बताइएको छ । भोमन कटुवाल र आकाश उखेडाको लेखन रहेको यस चलचित्रमा प्रल्हाद काफ्लेको लगानी रहको छ ।
विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण गरिन लागिएको यस चलचित्रमा कलाकारहरु प्रमोद अग्रहरी, सोहित मानन्धर, दुर्गेश थापा, राम बाबु रेग्मी, सि ।एम भारद्वाज र बिकेश प्रजापति  भने फाईनल भैसकेका छन ।  काठमाण्डौ र बनेपा आसपास छायांकन गरिने यस चलचित्रको प्राबिधिक पाटो तर्फको जानकारी र छायांकन मिति  भने अडिसन पश्चात औपचारिक जनाकारी दिने बताए निर्देशल भोमन कटुवालले । 


 

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add