मुरली तिरिरी बोलको गीत ‘मुरली तिरिरी’ सार्वजनिक भएको छ ।
दिपकराज पाठकको प्रस्तुतिमा रहेको कुशल संचारकर्मी शिशिर भण्डारी, बेनिशा पौडेल आयुसमान चापागाईंमा स्वरवद्ध गीत बजारमा आएको हो । मर्म स्पर्शी यस गीतमा शब्द रचना दिपकराज पाठकर शिशिर भण्डारीको रहेको छ भने संगीत,निर्देशन भण्डारी आफैँले गरेका छन् । गीतको कथा एक वास्तविक घटनालाई लिएर बनाइएको बुझ्न सकिन्छ ।
गीतमा शिशिर भण्डारी, सुनिशा बजगाईं, इशान राउत “जिरे“, दिपकराज पाठक, श्रद्धा गौतम र बाल कालाकार अनुरोध भण्डारीको अभिनय मुख्य भूमिका देख्न सकिन्छ । गीत नयाँ नयाँ न्यूज नेपाल युट्युबाट सार्वजनिक भएको हो ।
यस गीतले शिशिरका यस अगाडिका गीतको जस्तै सफलता प्रदान गरोस् क्या रमाईलो डटकमको तर्फबाट हार्दिक शुभकामना ।








0 comments:
Post a Comment