यो मन त मेरो नेपाली हो


छायांकन सकियो पुष्प खड्का र श्रद्धा क्षेत्री अभिनित फिल्म ‘कृष्ण–लीला’ को

प्रेमकथानक फिल्म ‘कृष्ण–लीला’ को सम्पूर्ण छायांकन सम्पन्न भएकोे छ । मंसिर दोश्रो सातामा झापाबाट सुरु गरिएको फिल्मको आइतबार झापामै ‘इन्ड कल्याप’ गरिएको हो । करिब ४० दिन निरन्तर खिचिएको फिल्मको निर्देशक दीपक ओली हुन् ।

‘कृष्ण–लीला’ मा अभिनेता पुष्प खड्का कृष्ण र अभिनेत्री श्रद्धा क्षेत्री लीलाको भूमिकामा रहेको बताइएको छ । रोहित कट्टेलको प्रस्तुति,रत्न श्रेष्ठ कार्यकारी निर्माता तथा प्रकाश कार्की र केवल तामाङ निर्माता रहेको फिल्मको गीतमा अर्जुन पोखरेलको संगीत र रामजी लामीछानेको कोरियोग्राफी छ ।

लक्ष्मण सुवेदीको लेखन रहेको फिल्ममा पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ,रबिन्द्र झा,नवीन रेग्मी,हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकारले अभिनय गरेका छन् । आरआर फिल्मस्को ब्यानरमा निर्मित फिल्मको छायांकार शिब ढकाल हुन । झापा, इलाम र पाँचथरका बिभिन्न रमणीय स्थानमा खिचिएको फिल्मको प्रदर्शन मिति केही समयमै तय गरिने जानकारी प्रस्तुतकर्ता रोहितले दिएका छन् ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add