यो मन त मेरो नेपाली हो


अभिनेता तथा निर्देशक प्रभू देवाले आफ्नै भतिजीसँग बिहे गर्दै

 अभिनेता तथा निर्देशक प्रभू देवाले फेरी बिगे गर्ने भएका छन् । ४७ वर्षकाभू देवाले आफ्नै भतिजीसँग बिहे गर्न लागेका हुन् । सुन्दा अनौठो लाग्छ तर यो खबर भाइरल भइरहेको छ । खबर निकै चर्चामा छ तर प्रभु देवाको टिमले यसबारे केही बोलेको छैन । प्रभूको तर्फबाट यो खबरको खण्डन पनि गरिएको छैन र समर्थन पनि गरिएको छैन । इ–टाइम्सको रिपोर्टअनुसार प्रभुले आफ्नी भतिजी शोभासँग डेट गरिरहेका छन् र छिटै बिहे गर्ने तयारीमा छन् । यो खबरमा कत्तिको सत्यता छ भन्ने कुरा प्रभूको आधिकारिक बयानपछि मात्रै थाहा हुनेछ ।


प्रभू देवाको पेशागत जीवन जति सफल छ उनको व्यक्तिगत जीवन भने उत्तिकै जटिल रह्यो ।प्रभूले १९९५ मा रामलतासँग बिहे गरेका थिए । रामलता मुस्लिम थिइन् र शास्त्रीय डान्सर थिइन् । बिहेपछि रामलताले हिन्दू धर्म अपनाइन् । उनीहरुका ३ छोरा भए । जेठा छोरा विशालको २००८ मा क्यान्सरका कारण निधन भयो । प्रभू देवा र दक्षिण भारतीइ अभिनेत्री नयनताराको अफेयरको निकै चर्चा चल्यो । यो सम्बनधबारे सुरुमा दुवैले केही बोलेनन् । २०१० मा प्रभूले नयनतारासँग सम्बन्ध स्वीकार गर्दै बिहे गर्न लागेको समेत बताए ।

यो सम्बन्धको खुलासापछि ठूलो कानुनी झमेला पार गरेर २०११ मा प्रभू र रामलताको सम्बन्धविच्छेद भयो । तर, उनको नयनतारासँग बिहे भने भएन । २०१२ मा नयनतारासँग प्रभूको ब्रेकअप भयो । प्रभू अहिले सलमान खानको फिल्म राधेको निर्देशन गरिरहेका छन् । यसबाहेक अब उनका केही दक्षिण भारतीय फिल्म आउँदैछन् जसमा उनी मुख्य भूमिकामा हुनेछन् । पोन मनिकवेल नामको आउँदै गरेको फिल्म उनको अभिनेताको रुपमा ५० औं फिल्म हुनेछ । यसमा प्रभू पुलिस अधिकारीको भूमिकामा देखिनेछन् ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add