गीतकार दीपकराज पाठकको नयाँ गीत ‘दिलको चाबी–२’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार दीपकराज पाठकको शब्द र बिपिन आचार्यको एरेञ्ज र सङ्गीतमा गीत तयार भएको छ भने गीतमा अहिलेकी चर्चित गायिका रचना रिमाल र शँकर यु दाहालको आवाज रहेको छ।
सार्वजनिक भएको म्युजिक भिडियोमा शिशिर भण्डारीका साथमा नवप्रवेशी र प्रतिभावान ६ जना मोडलहरुको एकसाथ अभिनय रहेको छ । हालको साँगीतक बजारको बिकृतिलाई पनि समेटिएको गीतमा स्मृति श्रेष्ठ, एलिशाा श्रेष्ठ, श्रद्धा गौतम, सँचिता पाँचकोटी, आकंक्षा तामाङ र सबिता रानाको पनि अभिनय रहेको छ ।
सार्वजनिक गीतमा गीतकार पाठक कै बाल्यकाल देखिका मित्र तथा समाजसेवी एवम् गायक शंकर यु दाहालले स्वर दिएका छन् । पहिलो गीत ‘तिमीलाई दुख्दा…’ बाट नेपाली साङ्गीतिक आकाशमा पाईला टेकेका गायक दाहाल सङ्गीतका पुराना बिद्यार्थी हुन् ।
बाल्यकालमासँगै पढेको साथी, खेलेको अनि झगडा गरेको साथी, समयक्रमसँगै जीवन बुझ्दै आज जीवनको यथार्थसँगै लडदै, उकाली-ओराली झेल्दै गरेका दुई उदाहरणीय व्यक्तित्व वरीष्ठ गीतकार दीपकराज पाठक र गायक शंकर यु दाहालको संयुक्त प्रस्तुतिमा गीत ‘दिलको चाबी-२’ सार्वजनिक भएको हो ।
एकअर्काका परीपुरक बनेर जीवनको पाईलासँगै अगाढी बढाउदै आएका गीतकार दीपकराज पाठक र गायक शंकर यु दाहालको मित्रता बाल्यकालदेखि सङ्गीत क्षेत्रमा पनिसँगै अघि बढेको छ । यस अघि पनि गीतकार पाठक कै शब्दमा दाहालले गीत गाईसकेका छन । अघिल्लो गीत सेन्टिमेन्टमा थियो यो पटक फास्ट नम्बर छ । ‘मेरो साथी शंकरले गीतलाई एकदम न्याय गरेका छन् . सार्वजनिक भएको छोटो समयमा गीतले निकै राम्रो स्थान पाएको छ .टिक टकमा पनि थुप्रैले यस गीतमा अभिनय गरेका छन । नयाँ नयाँ न्युज नेपाल युटुब च्यानल मार्फत सार्वजनिक भएको यस गीतमा नृत्य र निर्देशन सन्तोष राजबहाकको रहेको छ ।
यस म्युजिक भिडियोको सुटिंग रिपोर्ट हेर्न तल क्लिक गर्नुहोस









0 comments:
Post a Comment