यो मन त मेरो नेपाली हो


सामाजिक कथामा चलचित्र ‘आश्रम’ बन्ने

काठमाडौँ। कोरोना भाइरसका कारण सात महिनादेखि नेपालमा चलचित्र निर्माणदेखि प्रदर्शनसम्म ठप्प छ । निषेधाज्ञा खुकुलो गर्दै सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिए पनि चलचित्र क्षेत्रमा लगाइएको प्रतिबन्ध हटेको छैन । तर, निर्माता तथा निर्देशकहरु सरकारले छायांकन अनुमति दिने आशमा धमाधम सामाजिक सञ्जालको माध्यमबाट नयाँ चलचित्रको घोषणा गरिरहेका छन् भने कतिपयले त् छायाँकन सुरु पनि गरि सकेका छन्। यसै बीच,मुभी र्याकको प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘आश्रम’को छायांकन सुरु गरिएको छ। 


सामाजिक कथा बस्तुमा बन्न लागेको चलचित्रलाई मेरुन राजभण्डारीले निर्देशन गरि रहेका छन्। श्रीस्टी पोखरेलको कथा तथा पटकथा रहेको चलचित्रलाई दिपेन बस्न्यातले छायाँकन तथा मित्र डी गुरुङले सम्पादन गर्नेछन। चलचित्रमा एलमिता केसी,नबिस कठायत,किमत गौतम,अनुष्का तिम्सिना,कौशल दाहाल,पल्पसा श्रेष्ठको अभिनय रहनेछ। चलचित्र ‘आश्रम’ मा बाल कलाकार श्रियन राजभण्डारी,श्रद्दा महर्जन,इजन श्रेष्ठ,प्रध्युमन श्रेष्ठ,टिसा राजभण्डारी,रायन कठायत,सिवानी खड्का,एरिका सुवेदी,श्रुति महर्जन,अभिमान सिंह बस्न्यात,सान्गेमु लामाको अभिनय रहेको छ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add