यो मन त मेरो नेपाली हो


भारतीय अभिनेता ममूटीसँग ३६९ वटा कार, सबैजसो कारको नम्बर पनि ३६९ !

काठमाडौं । दक्षिण भारतका सुपरस्टार अभिनेता ममूटी कारका निकै शोखिन अभिनेता हुन् । उनको ग्यारेजमा ३६९ कारको कलेक्सन रहेको छ ।

ममूटीको खास नाम मुहम्मद कुट्टी इस्माइल पानीपराम्बिल हो । सो कलाकार आफ्नो कार आफै चलाउने गर्छन् ।
उनले आफ्नो कार कलेक्सनको लागि ठूलो ग्यारेज पनि बनाएका छन् । ममूटीसँग महँगो कार मात्र होइन सस्तो कारको कलेक्सन पनि रहेको छ ।रिपोर्टका अनुसार ममूटी दक्षिण भारतीय फिल्म उद्योगमा औडी खरिद गर्ने पहिलो स्टार हुन् । यद्यपि उनको पहिलो कार मारुतीको थियो ।

हालसम्म पनि उनीसँग मारुतीको ३ मोडल रहेको छ । केही वर्ष अघि मात्र उनले मारुती ८०० खरिद गर्ने इच्छा रहेको जनाएका थिए ।प्रसिद्ध अभिनेता ममूटीको कार कलेक्सनमा फरारी, मर्सिडिज, र औडीको केही मोडल, पोर्शे, मिनी कुपर एस, एफ१०, बीएमडब्ल्यु ५३०डी, ई४६, बीएमडब्ल्यु एम३, फक्सवागन पसाट एक्स२, मित्सुबिसी पजेरो स्पोर्ट, टोयोटा फच्र्युनर, टोयोटा ल्यान्डक्रुजर एलसी२०० र अन्य एसयूभीको पनि कलेक्सन रहेको छ । ममूटीसँग आइशरको कस्टमाइज्ड क्याराभ्यान पनि रहेको छ ।

ममूटीको कार कलेक्सनमा सबैभन्दा लेटेस्ट कार ज्यागुअर एक्सजे–एल क्याभियर रहेको छ । ममूटीसँग पेट्रोल र डिजेल भर्सनको दुबै कार रहेको छ ।उनको कारको रजिस्ट्रेशन नम्बर पनि केएल ७बीटी ३६९ रहेको छ । उनको बढी जसो कारको नम्बर पनि ३६९ रहेको छ । नेपाल अटोले ममूटीको समाचार अनुवाद गरेर प्रकाशित गरेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add