यो मन त मेरो नेपाली हो


पब्जीको विकल्पमा ‘फौजी’ ल्याउँदै अक्षय कुमार

 एजेन्सी। भारतमा चिनियाँ गेमिङ एप पब्जीमा प्रतिबन्ध लागेसँगै भारतीय अभिनेता अक्षय कुमारसँग मिलेर एक कोर गेम्स नामक कम्पनीले ‘फौजी’ मोबाइल गेम ल्याउने भएका छन् । यो मोबाइल गेमलाई पब्जीको प्रतिस्पर्धीको रुपमा हेरिएको छ ।

कम्पनीले दिएको जानकारीअनुसार अक्टोबरको अन्तिमसम्ममा बजारमा यो गेम आउनेछ । कम्पनीका संस्थापक विशाल गोन्डलले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै यो गेमको पूरा नाम ‘फियरलेस एण्ड युनाइटेड गार्डस्’ रहेको बताए ।भारतले गेमिङ एप पब्जीसहित चिनियाँ कम्पनीले निर्माण गरेका ११८ अन्य मोबाइल एपमा बुधबार प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । भारतमा पछिल्लो वर्षयता पब्जी निकै लोकपि्रय रहँदै आएको छ । विश्वभर पब्जी खेल्नेमध्ये करिब २५ प्रतिशत भारतीय छन् । चीनमा १७ र अमेरिकामा ६ प्रतिशत प्रयोगकर्ता पब्जी खेल्छन् ।

कम्पनीका सह संस्थापक गोन्डलका अनुसार यो मोबाइल गेमबाट हुने आम्दानीको २० प्रतिशत भारतका लागि सहिद बनेका परिवारका सदस्यलाई प्रदान गरिनेछ ।कम्पनीका अनुसार यो गेमको नाम ‘फौजी’ अभिनेता अक्षय कुमारले नै जुराएका हुन् । अक्षय कुमारले सामाजिक सञ्जाल ट्विटरमार्फत् यो गेमको बारेमा जानकारी दिएका थिए । उनले यो गेम ल्याउँदै गर्दा आफूलाई गर्व महसुस भइरहेको बताए ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add