यो मन त मेरो नेपाली हो

लघु चलचित्र मे वान सार्वजनिक / अहिलेको अवस्मथा र जदुरको पिडा

श्रमिकको पिडा बोकेको लघुचलचित्र मे वान सार्वजनिक गरिएको छ । मे दिवसका अवसरमा मे वान नामको लघुचलचित्र युट्युबमा सार्वजनिक भएको हो । कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले लागू गरेको लकडाउनका समयमा सबैभन्दा बढी मारमा श्रमिकहरु परेका छन् । यसै विषयलाई लिएर सन्देशमुलक लघुचलचित्र मे वान बनाइएको हो ।
मे वान लघुचलचित्रमा दीप ज्योति थापा, अनित जंग पाण्डे, बिराज दुलाल र भोला सुवेदीको अभिनय छ । यो लघु चलचित्रमा काम गरेबापत पारिश्रमिक नपाएको पिडा देखाउन खोजिएको छ । हरेक क्षेत्रमा श्रमशोषण हुने गरेको भन्दै सांकेतिक रुपमा एउटा पात्रलाई र कथालाई लिएर मे वान निर्माण गरिएको निर्देशक पुरुषोत्तम बस्नेतले बताए ।
“मजदुरका नाममा राजनीति मात्र होइन, उनीहरुको वास्तविक समस्या पनि समाधान गरौं । श्रमको मुल्य तिरौं, श्रमिकको इज्जत गरौं । यसको सांकेतिक प्रस्तुती यो लघुचलचित्र हो ”– निर्देशक बस्नेतले भने । मजदुरको पिडा उठाउने सञ्चारकर्मीहरु पनि पिडामा नै रहेको कुरा वास्तविकतामा नै भएको उनले बताए ।

अनिल कुमार महर्जनको सम्पादन रहेको मे वान लघुचलचित्रको कास्टिङ डाइरेक्टर बसन्त अधिकारी हुन् । कपिल खड्का र भोला सुवेदीको छाँयांकन तथा नेसन मिडिया ग्रुप प्रालिको निर्माण रहेको यो लघुचलचित्र नेसन टिभी नेपाल युट्युब च्यानलमा अपलोड गरिएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add