यो मन त मेरो नेपाली हो


‘कोरोना’ संक्रमणको आशंका भए ११८० मा खबर गर्नोस्’

काठमाडौं, चैत ८ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या शुन्दर शाक्यले कसैलाई ‘कोरोना’ संक्रमणको आशंका भएमा टोल फ्रि नम्बर–११८० मा खबर गर्न अनुरोध गरेका छन् ।
प्रमुख शाक्यले विज्ञप्ति जारी गरी कामपाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा १०२ तथा महानगरको टोल फ्रि नम्बर–११८० मा खबर तथा सूचना दिन अनुरोध गरेका हुन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको ‘कोभिड–१९’ को सन्त्रास रहेको र त्यो सन्त्रासबाट जोगिन सबैले सजगता अपनाउन उनले सबैसँग अपिल गरे ।

संक्रमण देखिनुभन्दाअघि नै हामी सबै नागरिकले सजगता अपनाउने हो भने धेरै हदसम्म न्यूनीकरण हुने सम्भावना रहेको उनको भनाइ छ ।

उक्त संक्रमण बढी भीडभाड हुने ठाउँमा छिटो फैलिने सम्भावना भएकाले संघीय सरकारले जारी गरेको सूचनालाई आधार मान्दै सकेसम्म बढी सचेतना अपनाउन अपिल प्रमुख शाक्यको रहेको छ ।

उनले अहिले कोरोनाबाट सबै बच्न आवश्यक रहेको भन्दै घोडेजात्रा, सेतो मच्छिन्द्रनाथको रथयात्रालगायतका जात्रा, पर्व नमनाउन पनि आग्रह गरेका छन् ।

जात्रा तथा पर्वमा निकै ठूलो जनसहभागिता हुने र यो विषम परिस्थितिमा भीडभाडका साथ मनाउने अवस्था नरहेकाले आफ्नो मौलिक, कला, संस्कृति र परम्पराको विधिलाई यथावत् राख्दै भीडभाडमा भने ती जात्रापर्व नमनाउन प्रमुख शाक्यले अपिल गरेका छन् ।

विभिन्न धर्म, संस्कृति मान्ने समुदायको पनि बाहुल्यता रहेको भन्दै मठ, मन्दिर, मस्जिद, गुम्बा, चैत्य, चर्चजस्ता धार्मिकस्थलमा पनि भीडभाड कम गर्न आग्रह गरे ।

धार्मिकस्थलमा धेरै भीडभाड हुँदा संक्रमण सर्नसक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै ती स्थानमा समेत भीडभाड नगर्न अपिल गरिएको छ ।

कामपाले कोरोनाभाइरस रोकथामका लागि सूचनामूलक सन्देश डिजिटल बोर्ड, पर्चा, पम्प्लेट नेपाली र नेपालभाषा दुवैमा प्रकाशित गरी जनचेतनामूलक अभियान सञ्चालन गर्ने जनाइएको छ । रासस


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add