काठमाडौं। काठमाडौँ कलंकी घरमा भएका हरिहर लामिछानेले आफ्नो घरमा भाडामा बस्नेहरुका लागि चैत्र १ देखि ३ महिना कुनै पनि भाडा नलिने घोषणा गरेका छन् । यतिबेला उनले गरेको सो घोषणा सामाजिक संजालमा भाइरल भएको छ । कोरोना भाइरसको प्रकोपको डरले सबैतिर लकडाउन भएका बेला लामिछानेले तीन महिनाको घरभाडा नलिने घोषणा गरेर उच्च मानवीय सद्भाव देखाएको भन्दै उनको चौतर्फी तारिफ भएको छ

मैले आफ्नो कुनै पनि प्रचारबाजीका लागि यस्तो गरेको होइन, स्टाटस लेख्ने बित्तिकै साथीहरुले सेयर गरेर भाइरल बनाइदिनुभयो’ उनले भने, ‘त्रास फैलिएको बेलामा मानवीय सहयोग गर्नु कतव्य हो, त्यसैले मैले मेरो घरमा भाडामा बसिरहनुभएका व्यक्तिहरुलाई ३ महिनासम्म भाडा नलिने घोषणा गरेको हुँ।

भाडावालसंग पारिवारिक र आत्मिय सम्वन्ध भएको उनको परिवारले विश्वव्यापी कोरोनाको प्रभावले नेपालीहरु प्रताडित भइरहेको बेला ३–३ महिनाको भाडा नलिने घोषणा गरिदिएर ‘घरबेटी अफ द इयर’ बन्नुभएको छ । यसअघि भूकम्पमा पनि ६ महिनाको भाडा मिनाह गरिदिनुभएका लामिछाने परिवारलाई हृदयदेखि नै सलाम ।

0 comments:
Post a Comment