यो मन त मेरो नेपाली हो


सविनको ‘ताकतवर’ ट्रेलर रिलिज

काठमाडौँ: सविन श्रेष्ठ अभिनित चलचित्र ‘ताकतवर’को ट्रेलर सार्बजनिक गरिएको छ । एक्सन लभस्टोरीचलचित्रको ट्रेलर राजधानीमा एक कार्यक्रमका बीच सार्बजनिक गरिएको हो । गजेन्द्र रञ्‍जित निर्देशित चलचित्रमा सविनसँगै धुर्व कोइराला, महिमा सिलवाल, शेखर सुवेदी, रिजा भुषाल लगायतका कलाकारको अभिनय छ । रामेश्वर हुमागाईंले खिचेको चलचित्रमा चन्द्र पन्तको द्वन्द्ध, सुर्य किरण लामाको संगीत र मित्र डि गुरुङको सम्पादन छ ।

सुनिल प्रकाश श्रेष्ठको लेखनमा निर्मित चलचित्रमा निर्देशक रञ्‍जितसँगै आरती शाहीको लगानी छ। चलचित्रका सह निर्मातामा नारायण कृष्ण महर्जन, सुनिल विष्ट (गौले) र बद्रि फुयाँल रहेका छन् । चलचित्रको प्रदर्शन मिति भने सार्बजनिक गरिएको छैन।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add