यो मन त मेरो नेपाली हो


‘म यस्तो गीत गाउँछु २’को गीत सार्वजनिक / युटुब ट्रेन्डिङ्ग पक्का (भिडियो)

यो वर्षको प्रतिक्षीत चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो गीत सार्वजनिक गरिएको छ ।चलचित्रका मुख्य कलाकार नायिका पूजा शर्मा र नायक पल शाहलाई गीतमा फिचरिङ गरिएको छ । ‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।

भिडियोको छायांकन विभिन्न ५ वटा लोकेशनमा गरिएको छ । भिडियोलाई लोकेशन, कलाकारको ड्रेसअप र रामजीको कोरियोग्राफीले उत्कृष्ट बनाएको छ ।गीतको छायांकन करिब ७ दिन लगाएर नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा गरिएको हो ।
चलचित्रलाई सफल निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन् ।सुदर्शन थापालाई लभ स्टोरी चलचित्रको बादशाह नै भन्ने गरिएको छ ।उनले आफूलाई यो विधामा अव्वल बनाएका छन् ।अझै थापाको चलचित्रमा गीतसंगीत निकै उत्कृस्ट हुने गरेका छन् ।‘मेरो एउटा साथी छ देखि प्रेमगीत हुँदै म यस्तो गीत गाउँछु’ सम्म आइपुग्दा सुदर्शनले लभ स्टोरी चलचित्र निर्मण र गीत संगीतमा आफूलाई प्रमाणित पनि गरिसकेका छन् ।

चलचित्रमा नायिका पूजा शर्मा र नायक पल शाहसगै दिनेश डीसी, हरिहर शर्मा ,गणेश गिरि लगायतको कलाकारको अभिनय रहेको छ ।शिवम अधिकारी र दिनेश न्यौपानेले लेखेको यो चलचित्रमा सौरभ लामाको छायांकन रहेको छ । फागूणको २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’लाई सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेका हुन् ।चलचित्रमा जन्मजय साम्पाङ राई सह–निर्माताको रुपमा छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add