पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित चलचित्र ‘पोइ पर्यो काले’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । यो फिल्म रिलिजको अवसरमा दुवै कलाकारको नयाँ सिनेमा घोषणा भएको छ ।पूजा र आकाशको प्रमुख भूमिका रहने गरि सिनेमा ‘सम्झना बिर्सना’को शुभ-मुर्हुत गरिएको छ । शुक्रबार राजधानीस्थित भद्रकाली मन्दिरमा पूजा-आजा गरिएको सिनेमा पूर्ण प्रेमकथानक बन्नेछ ।
दार्जीलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा आधारित रहने सिनेमालाई निमेष प्रधानले निर्देशन गर्नेछन् । आदित्य प्रधान र रेविका प्रधानले निर्माण गर्ने सिनेमामा सुनिल थापा, शिशिर राणा र सिक्किमकी नयाँ कलाकार चाँदनी प्रधानको पनि मुख्य भूमिका रहनेछ ।
‘सम्झना बिर्सना’सहित पूजा र आकाशले लगातार चौथों सिनेमामा काम गर्ने पक्का भएको छ । यसअघि ‘रामकहानी’मा बाँधिएको यो जोडीले ‘सम्हालिन्छ कहिले मन’ र ‘पोइ पर्यो काले’मा अभिनय गरिसकेको छ ।आदित्य फिल्मस्को व्यानरमा निर्माण हुने ‘सम्झना बिर्सना’लाई शिव ढकालले खिच्नेछन् । सिनेमा २१ कार्तिकदेखि छायाँकनमा उत्रिनेछ ।
चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
0 comments:
Post a Comment