
तिहारको अवसर पारेर कार्तिक ८ गते प्रदर्शन गर्ने लागेको चलचित्र ‘घामड शेरे’लाई हेमराज विसीले निर्देशन गरेका हुन् ।चलचित्रमा रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का प्रमुख भूमिकामा छन् ।चलचित्रमा निश्चल र स्वस्तिमासँगै सुष्मा निरौला, गौरी मल्ल, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याल लगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा हेमराज बिसीको कथा, पटकथा, निर्देशन र लगानी रहेको छ । बिसी मोसन पिक्चर्स व्यानरमा निर्माण भएको नरेन्द्र विक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेका छन् ।नरेन्द्र मैनालीको डिओपी, सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ ।







0 comments:
Post a Comment