चलचित्रका युनिट नेपालका बिभिन्न हलहरुमा पुग्दा दर्शकहरुले कलाकारलाई घेरेका थिए । कतिपय ठाउमा हलभित्र दर्शकहरुले घेरे पछी कलाकारहरुलाई बाहिर निक्लनै हम्मे हम्मे पनि परेको थियो । देशैभर बाटा दर्शकहरुले चलचित्र उत्कृष्ट बनेको प्रतिकृया दिएका छन । यस्तै उनिहरुले आगामी दिनमा पनि यो टिमबाट यस्तै चलचित्रको अपेक्षा रहेको बताएका थिए । त्यस्तै मंगलबार राजधानीको सिभिल महल स्थित क्यु एफ एक्स सिनेमा हलमा नेपाली राजनतिक पार्टीका नेताहरुले चलचित्र हेरेर राम्रो प्रतिक्रिया दिएका छन। पुर्ब प्रधानमन्त्रि तथा नयाँ शक्ति पार्टीका नेता डा बाबुराम भट्टराईले मंगलबार चलचित्र हेरेर राम्रो प्रतिक्रिया दिएकाछन। उनले चलचित्र हेरेर आफ्नो सामाजिक संजाल फेसबुकमा लेखका छन कि " “छ माया छपक्कै” नाम सुन्दा हल्काफुल्का मसाला फिल्म होला भन्ने लाग्नसक्छ! तर विदेशी फिल्मको दवदवा रहेको हाम्रो देशमा यत्तिको नेपाली फिल्मलाई राम्रो मान्नुपर्छ र सकेसम्म प्रबर्धन गर्नुपर्छ है! " उनले लेखका छन।
डा भट्टराई संगै चलचित्र हेर्न अन्य नेताहरुको पनि उपस्थिति रहेको थियो। हाल देशैभर प्रदर्शन भैरहेको यस चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन। चलचित्रमा दिपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीको संवाद र दिपकराज गिरीको पटकथा तथा सम्बाद रहेको छ। रोशन श्रेष्ठको एक्सन,कविराज गहतराजको कोरियोग्राफी, हरि हुमागाँइको छायांकन र विपिन मल्लको सम्पादन रहेको छ ।
चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् भने ‘छक्का पञ्जा’ सिरिजकी सफल निर्देशक दीपाश्री निरौला निर्देशन सल्लाहकारको रुपमा रहेकी छन् । केदार प्रसाद घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको सिनेमाको कथा निर्देशक लामाले तयार पारेका हुन् ।







0 comments:
Post a Comment