यो मन त मेरो नेपाली हो


"ज्योमो ग्याङ्ग फिल्म एण्ड म्युजिक भिडियो अवार्ड २०१९ " आयोजना हुने

सोमबार राजधानीमा एक कार्यक्रमका बीच पत्रकार सम्मलेनको आयोजना गर्दै अवार्ड बारे जानकारी दीईयो। हुकुम मल्टिमिडियाको योजनामा कलाकार डी बि बोम्जन आयोजक यस अवार्ड दुई किसिमको रहने बताईएको छ।  आदिबासी ,जनजाती तथा मातृभाषीमा रहेर निर्माण भएका चलचित्र तथा म्युजिक भिडियोहरु यस अवार्डमा सहभागी हुन पाउनेछन।  सिनेमा तर्फ १६ बिधा र म्युजिक भिडियो तर्फ ११ बिधाहरुमा नोमिनेसन हुने अवार्डको आबेदन फारम भने सोमबार बाटै खुलेको आयोजक डीबी बोम्जनले जानकारी दिनु भयो।

आयोजित पत्रकार सम्मेलनमा नेपाली चलचित्र क्षेत्रका लब्ध प्रतिष्ठ्तित व्यक्ति बिसेसको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि चलचित्र बिकास बोर्डका पुर्व अधक्ष्य राजकुमार राईले यस अवार्डले बिभिन्न भाषा भाषीको सिनेमालाई उच्च मुल्यांकन गर्नेछ भन्ने बिस्वास ब्यक्त गर्नु भयो।  त्यस्तै कार्यक्रमका अन्य अतिथिहरुमा नेपाल  तामांग चलचित्र संघका अधक्ष्य बिकु थोक्कर ,नेपाल आदिबासी जनजाति चलचित्र महासंघका अधक्ष्य अमृत सुनार र नेपाल चलचित्र प्राबिधिक संघका अध्यक पुस्कर लामाको उपस्थिति रहेको थियो।
आगामी भदौ ८ गते थाईल्याण्डको पटायामा हुने अवार्डको आबेदन फारम नेपाल अधिराज्यको बिभिन्न स्थानहरुमा रहेको सिनेम पोस्ट प्रोडक्सन हाउसमा उपलब्ध हुने जानकारी दिंदै आबेदन दर्ता गर्न २०७३ साल
भित्र निर्माण इजाजत लिई ७५ चैत्र मसान्त सम्मा सार्वजनिक भएका फिल्म तथा म्युजिक भिडियोले आबेदन दिन सक्नेछन।

पत्रकार सम्मलेनमा बोल्दै आयोजक डीबी बोम्जनले भन्नु भयो।" अवार्डले नेपाली जातजाति तथा भिभिन्न भाषाका चलचित्र तथा म्युजिक भिडियोहरुलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने उदेस्यले अवार्ड योजना गर्न लागिएको हो। हाम्रो करिब डेढ बर्ष देखिको अथक अनुशन्धान र खोज अनि मेहेनत पश्चात हामीले यस अवार्डको औपचारिक जानकारीको लागी अफ़िसिएल पत्रकार सम्मेलनको आयोजना गरेका हौँ।"



हुकुम मल्टिमिडियाको आयोजनामा हुन लागेको यस अवार्डको आबेदन फारम चलचित्रको सम्पादन गर्ने जुनैसुकै पोस्ट प्रोडक्सन हाउसमा उपलब्ध रहेक छ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add