यो मन त मेरो नेपाली हो


चलचित्र ‘माछा माछा’को फर्स्टलुक पोस्टर सार्वजनिक तथा प्रदर्शन मिति घोषणा

चलचित्र ‘माछा माछा’को फर्स्टलुक पोस्टर र प्रदर्शन मिति तय गरिएको छ ।पोस्टरमार्फत् फिल्मका प्रमुख कलाकारहरुको चरित्र चित्रण गरिएको छ ।  तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथामा निर्मित चलचित्रमा सौगात मल्ल सँगै विजय बराल र अनोज पाण्डेको केन्द्रिय भूमिका छ । सार्वजनिक पोस्टरमा सौगात, विजय र अनोजको समुह र माओत्से गुरुङको समुह छुट्टिएको छ ।पोस्टरमा अभिनेत्री नम्रता श्रेष्ठलाई पनि स्थान दिइएको छ ।

सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र ‘माछा माछा’ कार्तिक २९ गते रिलिज हुनेछ ।चलचित्रमा प्रवीण खतिवडा, पुस्कर गुरुङ, कमलमणि नेपाल, भोलाराज सापकोटा, सरिता गिरी, धुर्व कोइराला, बसन्त भट्ट लगायतका कलाकारको पनि अभिनय छ ।
मणिराम पोखरेल कार्यकारी निर्माता रहेको  ‘माछा माछा’ लाई सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमामा रामबाबु गुरुङ र दयाहाङ राईको लगानी छ । 
सिनेमाको सह-निर्मातामा ओमचंद्र रौनियार र अर्जुन कार्की छन् । सिनेमामा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन, आनन्द महर्जनको पोस्टर डिजाइन, शिवराम श्रेष्ठको छायाँकन र निर्देशक गुरुङको लेखन छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add