यो मन त मेरो नेपाली हो


प्रेमगीत को तेश्रो सिरिज " प्रेमगीत ३"को लागी नायिकाको खोजि


सुपरहिट फिल्म’ प्रेमगीत’ को तेस्रो सिरिज ‘प्रेमगीत ३’को केही दिन पहिले  थिम पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ।चलचित्रमा मुख्य ना
यक प्रदीप खड्का रहने यस चलचित्रको निर्माण टिमले मुख्य अभिनेत्री गीतको खोजी गरिरहेको जानाएको छ । निर्माण कम्पनी आशुसेन फिल्मस्ले अभिनेत्रीका लागि अडिसन आह्वान गरेको छ । सोमवार निर्माता सेनले जारी गरेको एक विज्ञप्तीमा १८ वर्ष भन्दामाथि र २५ वर्ष नपुगेका युवतीहरुले सिनेमाको मुख्य भुमिका ’गीत’ का लागि अडिसन दिन सक्ने उल्लेख गरेको छ । चलचित्र आउँदो चैत २८ गते प्रदर्शनमा आउदैछ ।छेतन गुरुङ र निर्माता सन्तोष सेनले मिलेर सिनेमा प्रेमगीत ३ को निर्देशन गर्दैछन् । निर्माता सेनले यो सफल सिरिजबाट नेपाली सिनेमा क्षेत्रमा नयाँ अनुहारले डेव्यु गराउँदै छ । सार्वजनिक विज्ञप्तीमा भनिएको छ, ’आउँदो जेठ १० गतेसम्ममा www.aasusenfilms.comमा गएर फारम भर्न सकिने वा filmsaasusen@gmail.com मा सम्पर्क गर्न सकिने छ । सिनेमाको मुख्य अभिनेत्री हुन इच्छुकले हालै खिचिएको चारवटा स्पष्ट अनुहार देखिने तश्बिर सहित आफ्नो बायोडाटा पठाउनु पर्नेछ । भने, उचाई ५.२ देखि ५.७ सम्म हुनुपर्नेछ ।’

आवेदन आएको मध्येबाट उत्कृष्ट २० लाई फाइनल अडिसनका लागि छानिने र एक जनालाई अभिनेत्रीको रुपमा छनोट गरिने जारी विज्ञप्तीमा उल्लेख छ । यस सिनेमाको कथा २ सय वर्ष पुरानो रहेको बताइएको छ । सिनेमालाई ‘निषेध गरिएको प्रेमकथा’ भनिएको छ । झण्डै एक वर्षदेखि सिनेमाको स्क्रिप्टको काम भइरहेको र अबको दुई हप्तामा पूरा हुने निर्माता सेनले जारी विज्ञप्तीमा बताएका छन् ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add