यो मन त मेरो नेपाली हो


हेल्थ टिप्स : टाउको दुखिरहन्छ ? नखानुहोस् यी खानेकुरा


एजेन्सी – टाउको दुखाइबाट धेरै मानिसहरु ग्रसित भएको पाईन्छ । अस्तव्यस्त जीवन शैली, अस्वथकर खानपिन जस्ता कुराले मानिसको टाउको दुखाई दिर्घकालिन समस्याको रुपमा देखा परेको पाईन्छ । आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् । यसका अलावा पनि अत्याधिक थकान, र धपेडीका कारणपनि टाउको दुख्ने गर्छ । टाउको दुखेमा यस्ता समाधानका उपाय लगाउन सकिन्छ ।

१. गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार खानु हुँदैन । यसले टाउको दुखाइलाई बढी निम्त्याउंछ ।

२।.दही, मही, पनिर, आइसक्रिम, कफी चकलेट धेरै खाँदा पनि त्यतिकै टाउको दुख्ने समस्या हुन्छ । यस्तो बानीलाई हटाउनुपर्छ ।

३. कोक, बियर, रक्सी, वाइन ९बन्द बोतल पेय पदार्थ ०को सेवन बढी गर्नु हुँदैन । त्यसैले यस्तो बानीलाई पनि सुधार्नुपर्छ ।

४. चम्किलो प्रकाश र भीडभाडबाट टाढै रहने गर्नुपर्छ । अति दुर्गन्ध तथा बास्ना आउने ठाउँ नजिक जाँदा पनि टाउको दुख्ने गर्छ । यस्तो कुराबाट टाढा रहनुपर्छ ।

५. भोको पेट नबस्ने, पानी तथा फलफूल प्रशस्त मात्रामा खाने गर्नुपर्छ । चिन्तामुक्त भएर बस्ने कोशिश गर्ने गर्नुपर्छ । कम्तिमा पनि ६ देखि आठ घन्टा आरामले सुत्ने ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add